Homeसमाचारविर्तामोडमा महिला उद्यमीसंग कर सम्बन्धी अन्तरक्रिया

विर्तामोडमा महिला उद्यमीसंग कर सम्बन्धी अन्तरक्रिया

विर्तामोड ११ माघ । उद्यमी महिला संघ र आन्तरीक राजश्व कार्यालय भद्रपुरको संयुक्त आयोजनामा कर सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।
उद्यमी महिला संघका अध्यक्ष पार्वता विमली खरेलको आतिथ्यता तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि प्रसाई, आन्तरीक राजश्व कार्यालय भद्रपुरका प्रमुख युवराज श्रेष्ठ चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, महिला चेम्बर अफ कमर्शका अध्यक्ष प्रेमा भट्टराई, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, नेपाल अलैंची व्यवसायि महासंघका महासचिव सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्यमी महिला संघका महासचिव यशोदा भट्टराई प्रसाईले सञ्चालन गरेको कार्यक्रममा स्वागत निरमाया पुलामीले गर्नुभएको थियो ।
५० भन्दा बढी उद्यम तथा व्यापार व्यवसायमा संलग्न महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा कर अधिकृत श्रेष्ठले व्यवसायिक कर तिर्दा हुने फाइदा, लगानी र करको दायरा जस्ता विषयमा सहजीकरण गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोडमा महिला उद्यमीसंग कर सम्बन्धी अन्तरक्रिया
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img