Homeसमाचारचुडाल बन्धु कल्याण समितिको नयाँ नेतृत्व चयन, सम्मान र पुरस्कार विरतण

चुडाल बन्धु कल्याण समितिको नयाँ नेतृत्व चयन, सम्मान र पुरस्कार विरतण

विर्तामोड ११ माघ । चुडाल बन्धु कल्याण समितिको १३ औं बार्षिक साधारणसभा तथ सातौं अधिवेशनबाट अध्यक्षमा गोपाल चुडाल चयन हुनुभएको छ ।
कनकाई नगरपालिका वडा नं.–३ स्थित समितिको आफ्नै कूल मन्दिर परिषरमा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा श्रीप्रसाद चुडाल, उपाध्यक्षमा प्रेमप्रसाद चुडाल (प्रकाश), महासचिवमा भरतमणि चुडाल, सचिवमा देवरानायण चुडाल र कोषाध्यक्षमा रुद्रप्रसाद चुडाल सर्वसम्मत चयन भएको अध्यक्ष विष्णुप्रसाद चुडालले जानकारी दिनुभयो ।
त्यस्तै गरेर सदस्यहरुमा कृष्णप्रसाद चुडाल, झुमा चुडाल, अनन्त चुडाल, नरेस चुडाल, युवराज चुडाल र दिपक चुडाल चयन भएको निर्वाचन समिति संयोजक चन्द्रप्रसाद चुडालले जानकारी दिनुभयो ।
चन्द्र चुडालको संयोजकत्वमा शान्ता चुडाल र गंगा चुडाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । बाँकी सदस्यहरु नवनिर्वाचित समितिको पहिलो बैठकले मनोनयन गर्ने बताइएको छ ।
सम्पादक गौतमसहित दाता सम्मान

चुडाल बन्धु कल्याण समितिको १३ आंै बार्षिक साधारणसभा तथ सातौं अधिवेशनको अवसरमा पारेर नेपाल सरकारका पूर्व सचिव साथै जनआन्दोलन साप्ताहिकका कार्यकारी सम्पादक तथा जनआन्दोलन डटकमका सम्पादक रेजिना गौतमसहित विभिन्न क्षेत्रमा उत्कृष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
समितिको कनकाई ३ मा अवस्थित निर्माणाधिन भवन परिषरमा आयोजित कार्यक्रमका बीच चुडाल बन्धुहरुबाट सरकारी निकायको उपल्लो तहमा पुग्न सफल कुलप्रसाद चुडाललाई र पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गराउनुका साथै विकृति विसंगति विरुद्ध खबरदारी गर्दै राष्ट्रहितमा योगदान पुर्याएको भन्दै पत्रकार गौतमलाई नगद राशीसहित सम्मान पत्रद्वारा सम्मान गरिएको बताइएको छ ।


कार्यक्रममा भद्रप्रसाद चुडालले दिवंगत श्रीमती हिमादेवी चुडालको नाममा स्थापना गरेको हिमादेवी अक्षयकोषबाट बाट गौतम र चुडाललाई सम्मान तथा पुरस्कृत गरिएको हो । त्यस्तै श्रीप्रसाद–जशोदा चुडाल पुरस्कारबाट अर्जुनधारा–३ निवासी उमा घिमिरे चुडाल, एसइइ उत्कृष्ठ छोरी आयुषा चुडाललाई सम्मान पत्र र नगदसहित सम्मान तथा पुरस्कृत गरिएको छ ।
त्यस्तै चुडाल बन्धुको कुलको मन्दिर निर्माणकर्ताहरु भद्रप्रसाद चुडाल, जयप्रसाद चुडाल, गोपाल चुडाल, दुर्गादेवी चुडाल, रमादेवी चुडाल, सरस्वता चुडाल प्रसाई, लिलादेवी चुडाल प्रसाई, सितादेवी चुडाल प्रसाई, डम्बरकुमारी चुडाल पाठकलाई संयुक्त सम्मान गरिएको थियो । सम्मानित चुडाल बन्धुहरुले १७ लाख १८ हजार ७११ रुपैयाँको लागतमा कुलको मन्दिर निर्माण गरेको बताइएको छ ।
त्यस्तै सचिवालय निर्माण दाता भीष्म चुडाल, स्तम्भ तथा वाटिका निर्माणका दाता दिपक चुडाल र सामाजिक अभियान्ताका रुपमा जनकल्याण समाजका कर्मचारी रञ्जीता नेपालीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नवनिर्मित कुल मन्दिरको कार्यक्रमका प्रमुख अतिथि कुलप्रसादले रिवन काटेर उद्घाटन गर्नुका साथै मन्दिरको मुल ढोकाको चावी संस्थाका अध्यक्ष विष्णुप्रसाद चुडाललाई हस्तान्तरण गरिएको थियो ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद चुडालको अध्यक्षता तथा नेपाल सरकारका पूर्व सहसचिव कुलप्रसाद चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कुलप्रसाद, विशिष्ठ अतिथिहरु नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, चुडाल बन्धुका भान्जा भक्ति सिटौला, कनकाई नगरपालिका वडा नं.–३ का वडाध्यक्ष प्रेमबहादुर कट्वाल, लक्ष्मी भेट्वाल, टिका लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बरिष्ठ उपाध्यक्ष गोमा चुडालले स्वागत गरेको कार्यक्रममा संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको सञ्चालन महासचिव प्रेमप्रसाद चुडाल (प्रकाश)ले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचुडाल बन्धु कल्याण समितिको नयाँ नेतृत्व चयन, सम्मान र पुरस्कार विरतण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img