Homeसमाचारजन्मदिनमा बुधबारे जेसीजको लागुऔषध विरुद्ध अभियानलाई सहयोग

जन्मदिनमा बुधबारे जेसीजको लागुऔषध विरुद्ध अभियानलाई सहयोग

बुधबारे १० माघ । बुधबारे जेसीजले लागुऔषध तथा दुव्र्यसनी विरुद्धको अभियान शुभारम्भ गरेको छ । शनिबार बुद्धशान्ति गाउँपालिकाको परिषरमा विशेष कार्यक्रमको आयोजना गरि अभियान शुरु गरिएका हो ।
बुधबारे जेसीजका सदस्य विनोद नेम्बाङको संयोजकत्व, बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाँईको प्रमुख आतिथ्यमा लागुऔषध तथा दुव्र्यसनी विरुद्धको अभियान शुरु गरिएको हो । संयोजक नेम्बाङले स्वागत कार्यक्रमको औचित्यमाथि अध्यक्ष वाग्लेले प्रकाश पारेका थिए । बुधबारे जेसीजका सदस्य दूर्योधनसिंह देवले जेसीज आस्था प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि चापागाँईले जेसीजले शुरु गरेको अभियानको सफलताको कामना गर्दै सकारात्मक कामका लागि गाउँपालिका सदैव सकारात्मक रहेको बताउँदै गाउँपालिकाका तर्फबाट संभव भएसम्म सहयोग गर्ने धारणा राखे । त्यस्तै कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रमुख निराजन कटवालले बुद्धशान्ति गाउँपालिका लागु औषध तथा दुव्र्यसनीको शिकार भएको उल्लेख गर्दे इलाका प्रहरी कार्यालयले अभियानमा पूर्ण साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।?दचश्रत्यस्तै अतिथि बुद्धआदर्श माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीले सबैको साझा प्रयासले कुलतमा फस्नबाट युवालाई जोगाउनुपर्ने धारणा राखे । गोकुल पौड्यालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, जेसीजका पदाधिकारी सहित सरोकारवाला पक्षको सहभागिता थियो ।
लागुऔषध प्रयोगबाट स्वास्थ्य र समाजमा पुग्ने हानीबाट सचेत हुनेतर्फ सबैको ध्यानाकर्षण गर्दै बृहत ¥याली सम्पन्न भएको थियो । लागुऔषध तथा दुव्र्यसनी विरुद्धका सचेतना मूलक नारा लेखिएका प्ले कार्डहरु सहितको ¥याली बुधबारे बजार परिक्रमा गरी गाउँपालिका कार्यालय परिषरमा पुगेर समापन भएको थियो ।
लागुऔषध तथा दुव्र्यसनी विरुद्ध बुधबारे जेसीजले थालेको अभियान सफल बनाउन जमुनादेवी चापागाईद्वारा जन्मदिनको अवसर पारेर २५ हजार सहयोग
जन्मदिनको अवसर पारेर जमुनादेवी चापागाईले बुधबारे जेसीजले थालेको लागुऔषध विरुद्धको अभियान सफल बनाउन रु २५ हजार रुपैँयाँ सहयोग गरेकी छन् । सामाजिक दायित्व बनेको लागुऔषध तथा दुव्र्यसनी विरुद्धको अभियानमा सहयोग गरेको चापागाईले बताइन् । जमुनाले प्रदान गरेको २५ हजार रकम बराबरको चेक उनका श्रीमान बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेलाई प्रदान गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजन्मदिनमा बुधबारे जेसीजको लागुऔषध विरुद्ध अभियानलाई सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img