Homeसमाचार‘हिटलर बन्न खोज्दैछन् प्रधानमन्त्री ओली’

‘हिटलर बन्न खोज्दैछन् प्रधानमन्त्री ओली’

झापा २९ पुस । जनता समाजवादी पार्टी (जसपा)का नेता रकम चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भत्काउने काम गरेको आरोप लगाएका छन् । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कु’ गरेर संविधान भत्काउने काम गरेको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघठन गरेर २०१७ साल पुस १ गतेको घटना दोहोर्याउन खोजेको बताए ।
गत प्रधानमन्त्री ओलीले संसद विगठन गरेसंगै उक्त कदम संविधान विपरित भएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएको जसपाद्वारा विर्तामोडमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रमुख वक्ता रहेका चेम्जोङले प्रधानमन्त्री केपी ओलीमा हिटलर बन्ने मोह जागेको उल्लेख गर्दै ओली संवैधानिक ‘कु’ मार्फत आएको प्रधानमन्त्री भएको उल्लेख गर्दै संविधानले प्रदान गरेका जनताका आधारभूत अधिकार समेत खोस्न खोजेको आरोप लगाए । उनले भने–‘पुस–५ गतेको घटना प्रतिगमनको कदम हो, समावेशी, अग्रगमनमाथीको प्रहार, मुलुकलाई अधोगतितिर लाने र अधिकार खोस्ने कदम हो ।
अदालतले संविधानमा टेकेर न्याय दिनेमा आफूलाई विश्वास रहेको बताएका चेम्जोङले न्यायको अनुभूत नभए आन्दोलनमार्फत नै संविधानलाई ट्रयाकमा ल्याउने चेतावनी समेत दिए ।
सबैले योगदानबाट आएको संविधानका केही प्रावधानबारे असहमति रहेपनि त्यसका उपलब्धीको रक्षा गर्नु आफूहरुको पनि दायित्व भएको बताउँदै जसपाले आवश्यकता अनुसार संविधानको रक्षाका लागि उभिने स्पष्ट पारे ।
सभामा अर्का वक्ता डम्बर खतिवडाले प्रधानमन्त्रीबाट संविधान उल्टाउने काम भएको टिप्पणी गर्दै संविधानका उपलब्धीको रक्षाका लागि आफूहरु उभिएको बताए । संविधानले वित्तिय संघीयता, पहिचान दिन नसकेको भएपनि समावेशीता, मौलिकता लगायत आधारभूत कुराहरु दिएको बताए ।
त्यस्तै जसपाभित्र प्रखर वक्ताका रुपमा चिनिएका केन्द्रीय सदस्य मनिस सुमनले प्रधानमन्त्री ओलीले चालेको कदम अदालत सच्याउनेमा विश्वस्त रहेको बताउँदै प्रतिगमन सच्चिएको तीन महिनापछि प्रधानमन्त्री र अर्को तीन महिनापछि राष्ट्रपति दुवै हट्ने बताए ।
जसपाका झापा अध्यक्ष अनुतसिं राजवंशीको अध्यक्षता तथा दिपेनवाला राईको स्वागत र गौरीमान राईको सञ्चालनमा सम्पन्न सभामा प्रदेश नित्यानन्द ताजपुुरिया, प्रदेश सांसद राधा थापा लगायतले बोलेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘हिटलर बन्न खोज्दैछन् प्रधानमन्त्री ओली’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img