Homeसमाचारप्रज्वलाको १८ औं बार्षिक साधारणसभा सम्पन्न

प्रज्वलाको १८ औं बार्षिक साधारणसभा सम्पन्न

शनिश्चरे २६ पुस । अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाकी अध्यक्ष निर्मला पौडेलले बार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७६/०७७ को आर्थिक प्रतिवेदन लेखा संयोजक इन्दिरा दाहालले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको शेयर पूँजी ५२ लाख ६० हजार एकसय रुपैयाँ रहेको छ । संस्थाले गत असार मसान्तसम्ममा १० लाख ५३ हजार चारसय चार रुपैयाँ मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ ।
सो अवसरमा ज्येष्ठ सदस्य चमेली मगर, असल ऋणी उर्मिला राजवंशी, असल वचतकर्ता ठाकुरमाया भट्टराई, उत्कृष्ठ बाल बचतकर्ताहरु कोशिस घिमिरे, सक्षमसिंह बस्नेत र आरोही बुढाथोकी, उत्कृष्ठ बचत तथा ऋणी राधिका राईलाई सम्मान गरिएको थियो ।
अध्यक्ष पौडेलको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढकाल, श्रद्वा कृषि सहकारी संस्थाका सचिव कृष्णप्रसाद चापागाँई सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाका विना ताम्राकार, संस्थापक अध्यक्ष दिपेन्द्र काफ्ले, सल्लाहकार सदस्य पदमबहादुर मगर, लेखनाथ पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
तुलसा कुँवरले सञ्चालन गरेको कार्यक्रममा स्वागत डिल्ली घोर्साईँले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रज्वलाको १८ औं बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img