Homeसमाचारकालिका बहुद्देश्यीयको मुनाफा १७ लाख बढी

कालिका बहुद्देश्यीयको मुनाफा १७ लाख बढी

अर्जुनधारा २५ पुस । कालिका बहुद्देश्यीय सहकारी संस्था अर्जुनधाराले आ.व. ०७६/०७७ मा १७ लाख ४५ हजार नौसय ८४ रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाको १८ औं साधारणसभामा अध्यक्ष कर्णबहादुर तामाङले प्रस्तुत गर्नुभएको प्रतिवेदन तथा लेखा प्रतिवेदनमा सो बराबरको मुनाफा भएको जनाउँदै आगामी आ.ब.मा २५ लाख ८१ हजार मुनाफा गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
रासायनिक मल, ग्यास, दैनिक उपभोग्य सामग्री विक्री वितरणका लागि सञ्चालन गरेको उपभोक्ता भण्डार र ऋण बचत कारोबार मार्फत उक्त मुनाफा गरेको संस्थाले आ.ब. ०७६/०७७ मा १५ करोड, ६८ लाख ५३ हजार आठसय ८२ रुपैयाँ कारोबार गरेको संस्थाका ब्यवस्थापक दामोदर दाहालले जानकारी दिनुभयो । संस्थाले आगामी दिनमा उपभोक्ता तथा शेयर सदस्यको माग बमोजिम सुद्ध तोरी तेल उत्पादनका लागि मिल स्थापना, रेमिटान्स सेवा सञ्चालन लगायतको लक्ष राखेको छ । संस्थामा हाल १ हजार २ सय ९६ जना शेयर सदस्य छन् ।
कोरोना संक्रमण जोखिमका कारण सामाजिक दुरी कायम राख्दै ५ दिन लगाएर सम्पन्न गरिएको साधारणसभा समापन कार्यक्रमका प्रमुख अतिथि प्रेमसागर सापकोटाले राजनीतिले युवालाई आन्दोलन, तोडफोडजस्ता नकारात्मक कार्यप्रति लगाएको चर्चा गर्दै सहकारीले शेयर सदस्यहरुलाई उत्पादन, स्वरोजगारी र समृद्धितर्फ जोड्नुपर्ने धारणा राख्नुभयो ।
अर्जुनधारा नगरपालिका कृषि शाखा प्रमुख उर्मिला राजवंशीले कतिपय नीतिगत असहजताका कारण नगरपालिकामा किसानका लागि आएको सशर्त अनुदान कार्यक्रम सञ्चालनमा समस्या रहेको बताउनुभयो ।
कालिकापीठ कालीस्थानका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेल, कालिका बहुद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष पदमलाल श्रेष्ठ, सल्लाहकार डम्बर बस्नेत लगायत शेयर सदस्यहरुले चयन गरेका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, शेयर सदस्य परासर दाहाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष कर्णबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष योगप्रसाद मिश्र र सञ्चालन केदार पोखरेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकालिका बहुद्देश्यीयको मुनाफा १७ लाख बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img