भद्रपुर २६ पुस । लेखनाथ पुस्तकालय चन्द्रगढी झापाले कवि–शिरोमणी लेखनाथ पौड्यालको १३७ औं जन्म जयन्तीको अबसर पारेर विभिन्न साहित्य अनुरागीहरुलाई सम्मान सहित पुरस्कृत गरेको छ ।
बरिष्ठ साहित्यकार सरोज ओलीको प्रमुख आतिथ्यतामा आइतवार चन्द्रगढीमा आयोजित कार्यक्रमका ५ जना साहित्य अनुरागी सहित छात्रछात्रालाई सम्मान गरिएको हो ।
कार्यक्रममा श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कारबाट कोमलप्रसाद पोखरेललाई नगद रु ५१ हजार एकसयसहित प्रमाण पत्रले सम्मान गरिएको थियो भने झर्रोवादी साहित्यकार चुडामणी रेग्मीलाई सुसेली साहित्य पुरस्कारबाट नगद २५ हजार एकसयसहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
त्यसैगरि श्यामकृष्ण कामाक्ष पुरस्कारबाट सोम निरौलालाई १५ हजार नगदसहित सम्मान गरिएको थियो भने भक्तकिरण साहित्य पुरस्कारबाट साहित्यकार सुमित्रा वाङ्गग्रेल (चेली) लाई नगद रु. पाँचहजार सहित सम्मान पत्रले सम्मान गरिएको थियोे ।
त्यस्तै सोहि पुरस्कारहरुबाट कक्षा ८ बाट ९ मा र ९ बाट १० मा अध्यानरत उत्कृष्ठ छात्रा तथा छात्रहरु ग्रृष्मा अर्याल, एलिना गुरुङ्ग, काँशी श्रेष्ठसहित छन्द कवि शिसा थारुलाइ नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ओली, सम्मानित व्यक्ती कोमलप्रसाद पोखरेल, गंगाप्रसाद ओली, पुण्य खरेल लगायतले मन्तव्य राखेका थिए ।
नवराज घिमिरेको अध्यक्षता तथा हरी न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत आरती पोखरेलले गर्नु भएको थियो ।
कायक्रममा कन्चनजंगा एफ एमका छन्दोबद्ध कवि साहित्य संयोजक केशव भट्टराई लगायतका साहित्यकारहरुले विभिन्न कविता बाचन समेत गरेको थिए ।
लेखनाथ जयन्तीमा सम्मान र पुरस्कार

































































































