इन्द्रकुमार राई
शनिश्चरे १९ पुस । अर्जुनधारा नगरपालिका अन्तरगत ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले एक कार्यक्रमका बीच जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।
समाजद्वारा आइतबार स्थानीय ज्येष्ठ चौतारीमा आयोजित कार्यक्रममा नगर क्षेत्रभित्र रहेका विपन्न वर्गलाई प्रतिव्यक्ति १÷१ थान ब्ल्याङ्केट वितरण गरेको हो ।
अर्जुनधारा नगरपालिका–८ का वडाध्यक्ष गोपीचन्द्र गौतमको प्रमुख आतिथ्यतामा इन्दिरा उप्रेती, विष्णुमाया दर्जी, गंगामाया सेन्चुरी, दिलबहादुर लिम्बू, भगवती कार्की, नारदमणी कट्टेल, दिलमाया घले, विना सुब्बा, तुलसी ओली, देवीमाया गिरी, सुकदेव भण्डारी, रामबहादुर चौधरी लगायत ६३ जनालाई ब्ल्याङ्केट वितरण गरिएको थियो ।
समाजले विगत केही वर्षयता नगरक्षेत्रका गरीब तथा असहायलाई चिसोमा न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गर्दै आएको समाजका सदस्य तिलक भण्डारीले जानकारी दिनुभयो ।
सो अवसरमा कोरोना भाइरस संक्रमण जोखिम कायममै रहेको भन्दै सहभागीलाई मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गराइएको थियो ।
रामप्रसाद भट्टराईको अध्यक्षता तथा नरेन्द्र तिम्सिनाको सञ्चालनमा सम्पन्न कार्यक्रममा लक्ष्मी इङनामले स्वागत गर्नुभएको थियो ।

































































































