Homeसमाचारवैदिक र झापा सामुदायिक साकोसको साधारण सभा

वैदिक र झापा सामुदायिक साकोसको साधारण सभा

भद्रपुर १८ पौष । वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० को नवौं वार्षिक सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सभामा वार्षिक प्रगतिविवरण तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष अरूण बस्नेतले ३ सय ४५ जना शेयर सदस्य रहेको संस्था शेयरधनी लक्ष्यित सेवा प्रवाहमा जोड दिइरहेको विवरण पेश गरेका थिए । अध्यक्ष बस्नेतले कोरोना कहरका कारण विगत वर्षहरूमा जस्तो बृहद कार्यक्रम गर्न नसकेको समेत अवगत गराएका थिए ।
कार्यक्रममा कोषाध्यक्ष डिल्लीराम अधिकारीले एक करोड २१ लाख ९३ हजार १ सय २६ रूपैयाको वार्षिक कारोवार गरेको संस्थाले ३ लाख २२ हजार ६ सय ६६ रूपैयाँ खुद नाफा गरेको विवरण प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष प्रकाश निरौलाले स्वागत गरेको सभाले वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपले पारित गरेको थियो ।


त्यसैगरी झापाको चन्द्रगढीस्थित झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था ली भद्रपुर ७ को चौधऔं बार्षिक साधाराणसभा चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिवार सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ झापाका सदस्य खडानन्द गुरागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका संस्थाका अध्यक्ष विवेक पोखरेलले बार्षिक सांगाठानिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउदै संस्थाले गरेका गतिविधका बारेमा प्रकाश पार्नु भएको थियो ।
जेष्ठ सदस्यद्वय मनमाया घिमिरे र लक्ष्मीप्रसाद सिग्देल तथा उत्कृष्ठ कारोवारकर्ताहरु परमेश्वर न्यौपाने र नितुदेवी शाहलाई प्रशंसा पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको कार्यक्रममा सचिव सुरेश श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरागाई सल्लाकार समिति सदस्य हरिकिशोर आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत उपाध्यक्ष हरी गौतमले गर्नु भएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ मा ९६ लाख ६२ हजार ४ सय रुपैयाँ शेयर कारोवार रहेको यस सहकारीमा २०७२ सालयता चन्द्रगढी क्षेत्रभित्र संचालित मकालु तथा पतञ्जली साकोस, पूर्व कर्मचारी समाज साकोस र २०७६ सालमा प्रगतिनगर साकोस विर्तामोडसंग समेत एकीकरण भइ सञ्चालित छ । सहकारीमा १९ सय ५ जना शेयर सदस्यहरु रहेका छन् भने यस गत असार मसन्तसम्मको एकवर्षे अवधीमा ७६ लाख ६७ हजार ८९ रुपैया कुल आम्दानी गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारवैदिक र झापा सामुदायिक साकोसको साधारण सभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img