HomeFeatured 2प्रम ओलीको गृह जिल्लाबाट नेता भट्टराईको चुनौति : जे मन लाग्यो त्यही...

प्रम ओलीको गृह जिल्लाबाट नेता भट्टराईको चुनौति : जे मन लाग्यो त्यही नगर्नु

विर्तामोड १८ पुस । पार्टी अन्तरकलहका कारण अलग अलग समूह बनाएर एकापसको विरोधमा उत्रिएका नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई अवसरवाद, दक्षिणपन्थीको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको विर्तामोडमा शनिबार आयोजित विरोधसभामा बोल्दै खनाल, दाहाल, नेपाल (खदाने) समूहका नेताहरुले प्रधानमन्त्रीले संविधान खाएको उल्लेख गर्दै अवसरवादी ओलीको राजनीतिक भविष्य संकटमा समेत संकटमा पुगेको बताएका छन् ।
क्रान्तिकारी जिल्लाका रुपमा रहेको झापा ओलीको कदमको मुकदर्शक बन्न नसक्ने बताउँदै वक्ताहरुले अवसरवाद र दक्षिणपन्थीको जिल्ला हुन नसक्ने तथा आफूहरू पनि प्रतिगमनको मतियार बन्न नसक्ने प्रष्ट्याएका थिए ।
विरोध कार्यक्रममा वक्ताहरुले ओलीले संविधान कुल्चने काम गरेको दाबी गर्दै ओलीले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको उनीहरुको भनाई थियो ।
सन्की शासकले देशलाई दुर्घटनामा पु¥याएको बताउँदै वक्ताहरुले प्रतिगमनको श्रृङ्खला सुरु गरेको बताए । पार्टी फुट्ने सम्भावना नरहेको बताएका वक्ताले चोइटिएर जानेले पार्टी छोडेर जान सक्ने बताए । केपी ओली कम्युनिस्ट नभएको उल्लेख गर्दै ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरूसँग रहेको तर्क गरे । केपी ओलीलाई पार्टी भित्र घेराउ नगरिएको बताउँदै उनीहरूले बेइमानी गरेको दाबी गरे ।
कार्यक्रममा नेता योगेश भट्टराईले केपी ओलीलाई मात्रै प्रधानमन्त्री बनाउने कुरा पार्टीको कुनै विधानमा नलेखिएको बताउनु भयो । उहाँले ओलीले आफूलाई पाँचवर्ष प्रधानमन्त्री बनाउने सहमति भएको उल्लेख गर्दै आधा–आधा समय प्रधानमन्त्री हुने भन्ने सहमति पत्र प्रचण्डले अढाइ वर्ष पछि च्यातेर सहयोग गरेको उहाँको भनाइ थियो । ओलीले पार्टीको मिटिङबाट भागेर पार्टीलाई धोखा खाएको दिएको भट्टराईले बताउनु भयो ।
ओलीलाई पार्टी भित्र गरिएको अनुनय–बिनय भैँसीका अघि बिनायो बजाएको जस्तो मात्रै भएको बताउनु भयो । प्रतिनिधिसभामा ओलीलाई कहिल्यै धोखा नदिएको र नभएको बताउँदै उहाँले गलत कुरा नगर्न ओलीलाई सचेत गराउनु भयो ।
देशलाई गम्भीर मुटभेड तर्फ नधकेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका भट्टराईले जे मनलाग्यो त्यही नगर्न प्रधानमन्त्रीलाई चुनौती दिनुभयो । संविधान सर्बोच्चता र कानुनी राज्यको ओलीले धज्जी उडाएको बताउँदै ओलीले अध्यादेश मार्फत पार्टी फुटाउने र एमाले ब्युताउन खोजेको बताउनु भयो ।
भड्किलोमा नजाकिन पटकपटक ओलीलाई आग्रह गरेका भट्टराईले आफूहरू माफी गर्न तयार रहेको नमाने पार्टीबाट हटाउने चेतावनी दिनुभयो । म भइन भने अरुलाई पनि सक्छु भन्ने भष्मासुर शैली त्याग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेतृ धर्मशीला चापागाईंले जनताको रगत पसिना बगाएर प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नु सट्टा लोकतान्त्रिक संविधानमाथि नै प्रहार गरेको बतउनु भयो । प्रधानमन्त्रीको पछिल्लो कदमले देशलाई निकास दिन नसक्ने बताउनु भयो । चन्द्रा श्रेष्ठ, नेता रविन कोइराला, विजय सम्पाङ लगायतले बोलेका थिए । गाउँ–गाउँबाट ठूलो संख्यामा कार्यकर्ता विरोध सभामा सहभागी भएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रम ओलीको गृह जिल्लाबाट नेता भट्टराईको चुनौति : जे मन लाग्यो त्यही...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img