Homeसमाचारज्ञान र सीपलाई पुस्तान्तरण गर्न आवश्यक

ज्ञान र सीपलाई पुस्तान्तरण गर्न आवश्यक

विर्तामोड १४ साउन । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले ज्येष्ठ नागरिकमा भएको सीप र ज्ञानलाई पुस्तान्तरण गर्न आवश्यक रहेको धारणा राखेका छन् ।
पाथीभरा टोल सुधार संस्थामा आवद्ध ज्येष्ठ नागरिक समाजको प्रथम बार्षिक उत्सवमा बोल्दै वक्ताहरुले ज्येष्ठ नागरिकसंगको सीप पुस्तान्तरण हुन नसके संस्कृति नै लोप हुने अवस्थामा पुगेको उनीहरुको भनाई थियो ।
समाजका अध्यक्ष भवानीप्रसाद चिमरियाको अध्यक्षता तथा इश्वरीप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तिमल्सिना, विशेष अतिथिहरु ज्येष्ठ नागरिक संघ विर्तामोडका अध्यक्ष तथा विर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, वडा नं.–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद योङहाङ, ज्येष्ठ नागरिक समाज झापाका सहसचिव लक्ष्मीप्रसाद पाण्डे, हर्कमाया विक लगायतले मन्तव्य राखेका थिए ।

विविध कार्यक्रमसहित सम्पन्न कार्यक्रममा समाजमा आवद्ध ज्येष्ठ नागरिकहरु जयनारायण कडरिया र महेश्वरा बास्कोटालाई सम्मान गरिएको कार्यक्रममा महिला लक्षित खुल्ला क्वीज प्रतिष्पर्धा समेत गराइएको थियो । पाथीभरा टोल सुधार संस्थाका सदस्यहरु सुनिता चम्लागाँई र अम्बिका शिवाकोटीको अगुवाईमा ज्येष्ठ आमाहरु बीच बाती कात्ने प्रतिष्पर्धा समेत गराइएको थियो । प्रतिष्पर्धामा हिमादेवी ढुङ्गेल, एकादेवी चापागाँई, लिला खरेल, लिला कडरिया, नर्वदा चिमरिया, भिमकुमारी निरौला, तिलमाया न्यौपाने र देवीकुमारी भण्डारीले सहभागीता जनाएका थिए ।

बाती कात्दै पाथीभरा टोलका महिलाहरु ।

समाजका सचिव बुद्धिप्रसाद चापागाँईले सञ्चालन तथा बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा जनप्रतिनिधिहरु लक्ष्मी बास्कोटा, डिआर कडरिया तथा पाथीभरा टोल सुधार संस्थाका पूर्व अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पाथीभरा टोल सुधार संस्थाका सल्लाहकार भूपालप्रसाद खरेल र बालक्लबको संस्थापक अध्यक्ष अञ्जल भेट्वालको असामयीक निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारज्ञान र सीपलाई पुस्तान्तरण गर्न आवश्यक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img