HomeFeatured 2धुलो नियन्त्रण गर्न माग गर्दै भद्रपुर–६ का स्थानीयद्वारा बाटो अवरोध

धुलो नियन्त्रण गर्न माग गर्दै भद्रपुर–६ का स्थानीयद्वारा बाटो अवरोध

रेवतीराज घिमिरे

भद्रपुर १८ मंसीर । झापाको भद्रपुर ६ स्थित बत्तावारी चोकदेखि महेशपुरको मन्त्री चोकसम्मको सयपत्री मार्ग अन्र्तगत पर्ने अढाइ किलोमिटर क्षेत्रको बाटोमा बिहिवार धुलो नियन्त्रण गर्न माग गर्दै स्थानीयहरुले अवरोध गर्दा आवत जावतमा कठिनाई भएको छ ।
सघन सहरी तथा भवन विकास आयोजना चन्द्रगढीको मातहतमा रहेर श्रेष्ठ कन्ट्रक्सन प्रा.ली. मार्फत २०७४ मंसीर ८ मा सम्झौता भइ २०७७ मंसीरमा सम्पन्न गर्नेे गरि निर्माण कार्य सुरु गरिएको सडक धुलो नियन्त्रण गर्न माग गर्दै बाँसको बार लगाएर स्थानीयले सडक अवरोध गरेका हुन ।
निर्माण कार्य शुरु गरेर छोडेको ३ बर्ष बितिसक्दा पनि निर्माण कार्य अघि नबढाइएको भन्दै सवारी आवतजावतका कारण सडकबाट निस्कने धुलोले आसपासका स्थानीयहरुलाई विभिन्न प्रकारका रोगहरुले सताउने गरेको बताए ।
तत्काल दिनको २ पटक सडकमा पानी हालेर धुलो नियन्त्रण गर्दै सडक निर्माण कार्यलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिएका छन् ।
३ बर्ष अघि सडक निर्माणका क्रमममा नाली उठाएर छोडेको सडकमा अहिलेसम्म ठेकेदार लगायतका निर्माणकर्ताहरु देखा नै नपर्ने गर्दा हिंउँदमा धुवा र धुलो तथा बर्षातमा हिलोले सताउँदा आफुहरुमा श्वास प्रश्वास लगायतका विभिन्न रोगहरुले सडक आसपासका स्थानीयहरुलाइ सताउने गरेको स्थानीय सृजना घिमिरेले बताउनु भयो ।
आफूहरुले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाइ पटक पटक निर्माणकार्यलाइ निरन्तरता दिन र विहान बेलुका पानी हालेर धुलो नियन्त्रण गर्न पहल गरिदिन भने पनि वेवास्था गरेको बताउनु भयो ।
सडकबाट उड्ने धुलोका कारण स्थाीयवासीलाई दम ,रुघाखोकी ,लगायतका कोरोना भाईरस भन्दा घातक रोग निम्तने सक्ने स्थानीय उत्तमराज भट्टराइृले बताउनु भयो ।
श्रेष्ठ कन्ट्रक्सन प्रालीले बनाउन शुरु गरेको भद्रपुर नगरपालिका भित्रका १२ वटा सडकखण्डको एकमुष्ठ ८३ करोड ८० लाख ९० हजार २ सय ३१ रुपैयामा ठेक्का सम्झौता भएका अधिकांश सडकहरुमा निर्माणको क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग गर्ने तथा निर्माण कार्य सुरु गरेर अलपत्र अवस्थामा छोड्ने गरेको स्थानीयहरुको आरोप छ।
यस बिषयमा फोन गरेर बुझन खोज्दा कन्ट्रक्सनका सव ईन्जीनीयर विवस कार्कीले फोन समेत उठाउनु भएन । यता शघन शहरी विकास आयोजना चन्द्रगढीका सूचना अधिकारी अर्जुन दाहालले भने कार्यलयले अनुगमन गरि तत्काल समस्याको समाधान गरिने बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2धुलो नियन्त्रण गर्न माग गर्दै भद्रपुर–६ का स्थानीयद्वारा बाटो अवरोध
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img