Homeसमाचारसरकारी गाडी नचलाउन भन्दा जलाउने प्रयास भनेर प्रचार गर्दै सिम्पेथी बटुल्न र...

सरकारी गाडी नचलाउन भन्दा जलाउने प्रयास भनेर प्रचार गर्दै सिम्पेथी बटुल्न र फसाउन खोजेको दावी

झापा १८ मंसीर । नेपाल आयल निगमको चारआलीस्थित डिपोमा आयोजित कार्यक्रममा सहभागि भएर फर्कने क्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीमाथिको आक्रमण प्रचारमा आएको जस्तो नभएको नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताए ।
मंसीर १७ गते तनहुँमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रशासनले नियन्त्रणमा लिएको विरोधमा झापामा विहीबार सरकारी गाडी सञ्चालन गर्न नदिने विद्यार्थी संघ जिल्लाको निर्देशन अनुसार नगरपालिकाको गाडीमा सवार उप्रेतीलाई सरकारी गाडी प्रयोग नगर्न आग्रह गर्दागर्दै उपप्रमुखले जबरजस्ती गरेको उप्रेतीले जानकारी दिए ।
विद्यार्थीहरुले गरेको आग्रहलाई बेवास्ता गर्दै उपप्रमुख उप्रेतीले ड्राइभरलाई जबरजस्ती गाडी अगाडि बढाउन खोज्दा नेविसंघका एक विद्यार्थीलाई ठोक्किएको बताइएको छ ।
जबरजस्ती गरेर अघि बढ्न खोज्दा समस्या भएको पेट्रोल छर्किएर जलाउन खोजेको भनेर झुटो प्रचार गरेको उप्रेतीको भनाई छ । उनले भने–‘नेविसंघले त्यस्तो कार्य गर्नै सक्दैन, पेट्रोल छर्केर आगो लगाउन खोजेको भनेर उपमेयरले आगामी निर्वाचनका लागि पनि सिम्पेथी बटुल्न खोजेको हो’ उनले थपे–‘झुटा प्रचार गराएर विद्यार्थीलाई फसाउन खोजेको हो, हाम्रो पूर्व निर्धारित विरोधको कार्यक्रम अनुसार सरकारी गाडी नचलाउन हामीले आग्रह गरेका हौं ।’
घटनाका विषयमा उपप्रमुख उप्रेतीसंग बुझ्नका लागि ०२३–५४५२४८ नम्बरको लेण्डलाइनबाट उनको मोवायल नम्बर ९८६२६१२२०० नम्बरको मोवायलमा फोन उठेन ।
उनी चढेको मे १ झ १७२ नम्बरको गाडी मेचीनगर–१३ चारआली चोकबाट करिव पाँच सय मिटर पूर्वमा विद्यार्थी र उपप्रमुखबीच भनाभन भएको बताइएको छ ।
दिउँसो नेपाल आयल निगमको चारआलीस्थित डिपो कार्यालयमा भएको कार्यक्रममा सहभागी भएर ईटाभट्टास्थित नगरपालिका कार्यालय फर्किंदै गर्दा बाटोमा रोकेर जलाउने प्रयास भएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले आगो लगाउनेको पहिचान भइसकेको र तत्कालै पक्राउ गर्ने जनाएको छ । मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले उपप्रमुख सकुशल रहनुका साथै उनले प्रयोग गरेको गाडी पनि क्षति हुनबाट जोगिएको जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसरकारी गाडी नचलाउन भन्दा जलाउने प्रयास भनेर प्रचार गर्दै सिम्पेथी बटुल्न र...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img