Homeसमाचारपत्रकारमाथिको आक्रमणविरुद्ध आन्दोलनमा जाने चेतावनी

पत्रकारमाथिको आक्रमणविरुद्ध आन्दोलनमा जाने चेतावनी

झापा १७ मंसीर । अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत कार्यालय दमक र न्युज २४ टेलिभिजनका झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुर्व्र्यवहारप्रति नेपाल पत्रकार महासंघ झापा शाखा र पत्रकारजन्य संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाई, प्रेस नेपाल झापाका अध्यक्ष देशराज नेम्बाङ, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेका हुन् ।
मंसिर १६ गते शिवसताक्षीका सेवाग्राही कर्मचारी इन्द्र राजवंशीलाई १० हजार रुपैया घुस दिएको भिडियो खिचिरहेको अवस्थामा पत्रकार घिमिरे र क्यामरा पर्सन श्रेष्ठको क्यामरा खोसेर मालपोत कार्यालय दमकका कर्मचारीले कुटपीट तथा हुलहुज्जत गरेका थिए ।
यसैगरी गत मंसिर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका ब्यापारी सुवोध कोठारीले भन्सार छलेर सामान भित्र्याएको विषयको समाचार प्रकाशन÷प्रशारण नगर्न दवाव दिदै ५० हजार रुपैया घुस दिन खोज्दा अस्वीकार गरेपछि न्युज २४ टेलिभिजनका पत्रकार राजु पौडेल र नारायण अर्यालको क्यामरा खोस्दै कुटपीट गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापा शाखा र पत्रकारजन्य संघसंस्थाले दुवै घटनाको निन्दा र भत्र्सना गर्दै दोषीमाथि अविलम्ब कारबाही गर्न प्रहरी प्रशासनसमक्ष माग गरेका छन् । पत्रकार घिमिरे र श्रेष्ठले कुटपीटमा संलग्न राजवंशी र लेखापढीमा संलग्न ब्यक्तिलाई अविलम्ब कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिइसकेपनि प्रहरी प्रशासनले कुटपीटमा संलग्नमाथि कारबाहीमा देखाएको विलम्वप्रति विज्ञप्तिमार्फ गम्भिर आपत्ति प्रकट गरिएको छ । दुवै घटनामा संलग्न कर्मचारी तथा व्यक्तिलाई तत्काल कारबाही नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रकारमाथिको आक्रमणविरुद्ध आन्दोलनमा जाने चेतावनी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img