झापा १७ मंसीर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न माग गर्नुभएको छ । वरिष्ठ नेता पौडेललाई पुल उद्घाटन गर्न जाँदा तनहुँ प्रहरी, प्रशासनले बुधबार (आज) नियन्त्रणमा लिएको छ ।
सत्ताको आडमा भिजिलान्ते समूह प्रयोग गरेर पूल उद्घाटनको पूर्व निर्धारित कार्यक्रम बिथोल्न खोजिएकोप्रति आपत्ति जनाउँदै सभापति थापाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहाइ नगरे कडा प्रतिरोध गरिने चेतावनी दिनुभएको छ ।
निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रशासनले पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेको छ ।
व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट नेता पौडेललाई प्रहरीले पक्राउ गरेको हो । पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका लागि जानुभएको थियो । सत्ताधारी कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघ परिचालन गरेर पुल उद्घाटन रोक्न नियोजित रुपमा षडयन्त्र गरेको भन्दै झापा सभापति थापाले उक्त घटनाप्रति घोर निन्दा गर्नुभएको छ । सभापति थापाले ओली सरकार सर्वसत्तावादी अधिनायकवातर्फ अग्रसर भएको टिप्पणी समेत गर्नुभयो ।
दमौलीबाट नेपाली कांग्रेसका कार्यकर्तासहित करिव २ किलोमिटर अगाडी पर्ने बुल्दी पुलमा निर्मित मोटरेवल पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले झडप हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको बताएर वरिष्ठ नेता पौडेलसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको घटनाले लोकतन्त्रको धज्जी उडाएको सभापति थापाद्वारा आज जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ ।
नेकपा कार्यकर्ताको ढुङ्गामुढा र प्रहरीको दमनबाट कतिपय कांग्रेस कार्यकर्ता घाइते भएको बताइएको छ । सो क्रममा दर्जनौं कांग्रेस कार्यकर्तालार्ई पक्राउ गरिएको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले कति जनालाई पक्राउ गरिएको भन्ने निक्र्योल नभएको जनाउनु भएको छ ।
यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार अपरान्ह प्रेस विज्ञप्ति निकालेर ‘नेता पौडेलप्रतिको दुव्र्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत’ टिप्पणी गर्नुभएको छ ।
घटना आपत्तिजनक रहेको उल्लेख गर्दै देउवाले पौडेललाई तत्काल रिहाई नगरिए सरकारको तानाशाही प्रवृत्तिविरूद्ध देशव्यापी प्रतिरोध गरिने बताउनुभयो ।
‘सरकारको यो निन्दनीय व्यवहारको भत्र्सना गर्दै तत्काल उहाँलाई रिहाइ गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न सरकारलाई देउवाले चेतावनी पनि दिनुभएको छ ।
वरिष्ठ नेता पौडेललाई रिहाइ नगरे काँग्रेस कडा प्रतिरोधमा उत्रने

































































































