HomeFeatured 2सर्वसाधारणको लापर्वाहीका कारण कोरोना संक्रमण जोखिम बढ्दै

सर्वसाधारणको लापर्वाहीका कारण कोरोना संक्रमण जोखिम बढ्दै

रेवतीराज घिमिरे
भद्रपुर । कोभिड–१९ ले आक्रान्त पारेको समयमा झापाको सदरमुकाम भद्रपुर चन्द्रगढी क्षेत्रमा सर्वसाधारणको लापर्वाहीका कारण भाईरस संक्रमण झनै फैलने संंभावना अत्याधीक बढेर गएको छ । सदरमुकाम चन्द्रगढी, भद्रपुर बजार तथा मालपोत, नापी जस्ता सेवा प्रवाह गर्ने सरकारी निकायहरुमका दैनिक रुपमा स्वास्थ्य सावधानी विना हुने अनावश्यक भीडका कारण जोखिम उच्च रहेको हो ।
पछिल्लो समय संक्रमण नै समाप्त भइसकेको जस्तो गरि बजार तथा सरकारी कार्यलयहरुमा हुने गरेको भीडभाडका कारण तत्काल जोखिम नियन्त्रणमा आउने स्थिति दैखिदैन ।
सरकारले जारी गरेको स्वास्थ्य सावधानी विना नै सामाजिक दुरी कायम तथा माक्स लगाउने कार्यको समेत खिल्ली उडाउदै अनावश्यक रुपमा सर्वसाधारण मानिसहरुबाटै जोखिम बढ्ने गरेको छ ।
सम्बन्धित सरोकारवाला निकायहरुको लापर्वाहीका कारण भीडभाड रोक्न नसक्दा समाज नै भाईरसबाट थप आक्रन्त बन्दै गईरहेको यस क्षेत्रका स्थानीयहरुको भनाई रहेको छ ।
खास गरी स्वास्थ्य सावधानी बेगर साँंझ र विहान बजारमा मानिसहरु किनमेल गर्न आउने र अफिस समयमा कार्यलय सेवा लिन आउनेहरु बाट संक्रमण फैलिने संभावना उच्च रहेको उनीहरुको बुझाई छ ।
स्वास्थ्य सावधानीको अनिवार्य रुपमा लागु गर्दै भीडभाड नियन्त्रण गर्ने जिम्मा पाएका स्थानीय सरकार ,जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायहरुको वेवास्ताका कारण आफुहरु समेत भाईरसबाट सुरक्षित हुन नसकेको भद्रपुर १० का सोम श्रेष्ठले बताउनु भयो ।
यस्तै अवस्था निरन्तर रहिरहे भाइरसको संक्रमणकै कारण आफुहरुले चाहेर पनि जोगिने संभावना नरहने बताउनु भयो । यता दिनहँु जसो कतिपय कार्यलयहरुमा सेवग्राहीहरुबाट हुने भीड नियन्त्रणका लागि कार्यालय एक्लैले केहि गर्न नसक्ने बताउदै नापी कार्यलय चन्द्रगढीका प्रमुख डिल्लिराज भण्डारीले सेवग्राही आफै सचेत रहनु पर्नेमा जोड दिनुभयो ।
उहांले कार्यालयको तर्फबाट कार्यलयप्रवेश गर्नु अघि साबुन पानीले हातधुने व्यावस्था तथा सामान्य तापक्रम नाप्नको लागि थर्मलगनको प्रयोग भन्दा बाहेक आफुहरुले केहि गर्न नसक्ने बताउनु भयो ।
भण्डारींले सेवा लिन आउने सेवाग्राहीहरुलाई सेवा दिनु नेपाल सरकारको आफनो कर्तव्य भएको समेत स्पष्ट पार्नुभयो ।
यता कोभिड नियन्त्रणको जिम्मा पाएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भने लकडाउन गर्दा खान पाएनौ र नगर्दा संक्रमण बाट बच्न पाएनौ भन्ने नगरवासीको दोहोरो चरित्रका कारण समस्या आउने गरेको बताउनु भयो ।
उहांले संंघीय सरकार अन्र्तगत पर्ने सरकारी कार्यलयमा हुने भीड नियन्त्रणका लागि नगरपालिकाको क्षेत्राधिकार भित्र नपर्ने बताउदै नगरपालिका भित्र भने आफुहरुसंग भएको श्रोत र साधन सहितको संयन्त्रलाई उचित प्रयोग गरेर आफुहरुले काम गरिरहेको उल्लेख गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले विश्व महामारीको रुपमा फैलिरहेको कोभिड नियन्त्रणबाट बच्न र बचाउन नेपाल सरकारले ल्याएको स्वास्थ्य सावधानीको अक्षंरस पालन गर्न समेत आग्रह गर्नुभयो ।
पछिल्लो समयमा भद्रपुर, चन्द्रगढी बजार क्षेत्र तथा नापी, मालपोत, लेखापढी व्यवसायीको कार्यलय लगायतका विभिन्न कार्यलयहरुमा अत्याधिक मात्रामा स्वास्थ्य सावधानी बेगरको भीडका कारण संक्रमणले उग्ररुप लिदै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सर्वसाधारणको लापर्वाहीका कारण कोरोना संक्रमण जोखिम बढ्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img