Homeसमाचारविराट अर्जुनमा सहकारीका उत्पादन

विराट अर्जुनमा सहकारीका उत्पादन

विर्तामोड १३ साउन । विभिन्न सहकारीहरुले उत्पादन गरेका सामग्री एकै ठाउँबाट सरल मूल्यमा उपभोक्ताबीच पुर्याउने उद्देश्यले झापाको विर्तामोडमा सहकारी पसल सुरु गरिएको छ ।
विराट–अर्जुन सहकारी संस्थाले जिल्ला तथा बाहिरी जिल्लाका पनि सहकारीहरुले उत्पादन गरेका विभिन्न सामग्री संकलन गरी विक्री गर्ने उद्देश्यले सहकारी भण्डारका रुपमा सुरु गरेको पसलको सोमबार उद्घाटन गरिएको छ ।
सहकारी पसलको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सुरु सुरुमा सञ्चालकको विश्वासका आधारमा पसल चल्ने उल्लेख गर्दै बजारीकरणमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले सहकारीको नियम भित्र रहेर उपभोक्ताको मन जित्न सुझाव दिंदै सहकारीको कारोबार हेरेर मात्र सहयोग गर्न सकिने बताए ।
त्यस्तै विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले सञ्चालक मात्रै हावी हुने भावनाले खोलिएका सहकारी संस्थाको भविष्य नभएको बताउँदै सहकारी ऐनको फलो गरेर अघि बढ्न सुझाव दिए ।
विराट अर्जुन सहकारी संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ढकाल, वडाध्यक्ष संग्रौला, अधिकृत दाहाल, एनएमसी सहकारीका पारसचन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन गोपाल काफ्लेले गरेका थिए ।
केही वर्ष अघि सरकारी सहयोगमा सुफत मूल्यको पसल सञ्चालनमा ल्याएको विराट अर्जुनको व्यवसायिक अभ्यासको अभावमा पसल सञ्चालनलाई निरन्तरता दिनबाट चुकेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविराट अर्जुनमा सहकारीका उत्पादन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img