Homeसमाचारजलथलका एकसय किसानलाई अनुदान रकम

जलथलका एकसय किसानलाई अनुदान रकम

जलथल १२ साउन । हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन तथा बजारीकरण प्रवद्र्धन सम्बन्धी कार्यक्रम झापाको जलथलमा सम्पन्न भएको छ ।
भूमि तथा व्यवस्था कृषि सहकारी मन्त्रालय १ नम्बर प्रदेश सरकारको सहयोग तथा साना किसान कृषि सहकारी संस्था जलथलको आयोजित कार्यक्रममा कार्यक्रममा दुग्ध उत्पादन तथा बजारीकरणका लागि प्राप्त सहयोग एककरोड बजेट मध्येबाट साविक जलथल गाविसका किसानलाई प्रति किसान परिवार बराबर ७५ हजारका दरले अनुदान वितरण गरिएको हो ।
संस्थाका अध्यक्ष कृष्णमाया गिरीको अध्यक्षता तथा प्रदेश सांसद पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सांसद राजवंशी, विशेष अतिथिहरु योगेन्द्र चिमरिया, सानुमाया श्रेष्ठ, निलकण्ठ दंगाल, तुलसीराम सापकोटा, केशवप्रसाद दाहाल र सहभागीका तर्फबाट हरि गौतमले शुभकामना मन्तव्य राखेका थिए ।
गाउँपालिकाका कृषि संयोजक यादव नेपालले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाकी व्यवस्थापक तारा भट्टराईले गर्नुभएको थियो ।
अनुदान वापतको रकमबाट कृषकले उन्नत जातको गाई खरिद गरि दुध उत्पादन गर्नुपर्ने र सहकारीले किसानद्वारा उत्पादित दुधको प्रवद्र्धन तथा बजारीकरण गर्नुपर्ने छ । उक्त बजेटबाट पहिलो चरणमा हल्दिवारी गाउँपालिका अन्तरगत वडा नं. ३, ४ र ५ का एकसय घरपरिवारलाई छनौट गरि प्रति परिवार ७५ हजारका दरले ७५ लाख अनुदान रकम वितरण गरिने र बाँकी २५ लाख किसानका लागि तालिम, अवलोकन भ्रमण लगायतका शिषर्कमा खर्च गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजलथलका एकसय किसानलाई अनुदान रकम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img