Homeसमाचारमर्यादा लत्याएर गरेको भेटले, नेपाल शक्तिकेन्द्रको खेलमैदान बन्ने संभावना

मर्यादा लत्याएर गरेको भेटले, नेपाल शक्तिकेन्द्रको खेलमैदान बन्ने संभावना

झापा १७ कात्तिक । पछिल्लो समय नेपालमा विकसित राजनीति घटनाक्रमप्रति मौलिक जरोकिलो पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसंग प्रधानमन्त्री खड्गप्रसाद ओलीले कुटनीतिक मर्यादा लत्याएर गरेको भेटवार्ता लगत्तै सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुग्नुले स्वाभिमान नेपाली जनताको भावनामा ठेस पुग्नुको साथै नेपालको आन्तरिक राजनीति विदेशी शक्तिराष्ट्रको खेल मैदान बन्ने सम्भावना निम्त्याएको पार्टीको ठहर छ ।
“समृद्ध नेपाल, सुखी नेपालीको” नारा दिएर सरकार संचालनको लागि झन्डै दुई तिहाई मत पाएपनि अधिकांस समय पदको भाग वण्डामै सिमित रहनुले सार्वभौम नेपाली जनताको जनमतको तिरस्कार भएको छ। कपूतन्त्रको समूल अन्त्य बिना नेपालको सार्वभौमसत्ता, अखण्डता र गौरवशाली स्वतन्त्रताको रक्षा हुनसक्दैन भन्ने मान्यता प्रमाणित भएको पार्टीको ठहर छ।
त्यस्तै, नेपालले चीनको उक्साहटमा लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको भू(भागमा दावी गरेको भनेर विवादास्पद अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे मानार्थ महारथी पदवीको लागि नेपाल आउँदै गरेको अवस्थामा नेपालको भौगोलिक अखण्डता विरुद्ध कुनै पनि विदेशीको टिकाटिप्पणी सह्य नहुने सन्देश दिदैं भविष्यमा यस्ता गतिविधि नगर्न कुटनीतिक चेतावनी दिनुपर्ने पार्टीको ठहर छ ।
व्यवसायिक मर्यादा कायम राख्नु पर्ने विदेशी सेना प्रमूखको अभिव्यक्तिलाई समयमै उपयुक्त तरिकाले प्रतिवाद नगरे नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता जस्तो संवेदनशील विषयमा जसले जसरी प्रहार गरे पनि हुने नजिर बस्न सक्ने हुँदा भविष्यमा यस्ता गतिविधि नदोहिरिने गरी कुटनीतिक प्रतिवाद गर्न मौलिक जरोकिलो पार्टी जोडदार माग गर्दछ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमर्यादा लत्याएर गरेको भेटले, नेपाल शक्तिकेन्द्रको खेलमैदान बन्ने संभावना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img