Homeविचारलक्ष्मी काकीको दशगात्र कर्मको सन्देश

लक्ष्मी काकीको दशगात्र कर्मको सन्देश

– कञ्चना ढकाल

“अर्को शान्ति कतै हुँदैन कहिले त्यो काख भन्दा पर’ ‘साँच्चै शून्य उजाड बन्दछ सदा आमा बिनाको घर’ बास्तबमा मृत्यु एक शाश्वत सत्य हुँदो रहेछ, न उमेर हेर्छ न कुनै समय नै भन्छ, न कुनै जात÷धर्म, सम्प्रदाय न वर्ग नै भन्दोरहेछ । त्यसैले भनिएको हुनुपर्छ मृत्युु अबश्यभावि छ, अनि अपत्यारिलो मृत्यु पनि बास्तबिकता हुँदोरहेछ । तर पनि संसारिक मोह मायाले हामीलाई यस सत्यलाई स्विकार गरेर सहज रुपमा बिश्वास गर्न अति नै पीडाबोध हुँदोरहेछ ।
वास्तवमा हृृदयमा लागेको त्यो घाउको खाटो बस्न निक्कै समय लाग्छ । ममतामयी आमाको असामहिक निधनमा छोरीहरुलाई हुने पीडा त्यस माथी हाम्रो धार्मिक मान्यता अनुसार गरिने काजकिरिया (कोर्रामा बसेर गर्ने कर्म)–मा छोरीहरु सम्लग्न हुँदा गरिने टीका टिप्पणीले उनीहरुको मन–मस्तिष्कमा पर्ने आघातबाट हाम्रो पितृ सतात्मक सोचलाई छर्लङ्ग पार्दछ । हरेक क्षेत्रमा समानता र समाज रुपान्तरणको सपना बाँड्ने राजनैतिक दलहरु साथै सामाजिक अभियन्ताहरुले काजकिरिया कर्ममा छोरीहरुको संम्लग्नतालाई संबिधानमा मात्रै होइन ब्यबहारमा रुपान्तरण गरेर सरल र सहज बनाई दिनुपर्छ अनि मात्रै कथनी र करनीमा एकरुपता आउँछ । बर्ग समन्वय र जातिजाति बिचको एकता र समानताको कसीको रुपमा यस किरिया कार्यमा छोरी प्रत्यक्ष संम्लग्नता पनि समाजको सकारात्मक रुपान्तरणको बिषय बन्नुपर्छ ।
सन्दर्भ, हाम्रो ममतामयी काकी लक्ष्मी ढकालको असामहिक निधन पछि बैनीहरुले आफ्नी आमाको किरियाकर्म गदै गर्दा आएका तर्क बितर्कमा मेरो मन–मस्तिष्कमा उठेको तरङ्गको हो । बैनीहरुको यो निर्णय बास्तवमा त्यति सहज थिएन् तर उनीहरुको निष्ठा, ईच्छा शक्ति, आँट र हिम्मतलाई पिता जीको साथले नै यो अझ सहज र सफल वन्न सक्यो । बास्तबमा काकी आफै पनि छोराछोरीमा बिभेद नदेख्ने हटि स्वाभावको एक आदर्श नारी हुनुहुन्थ्यो । सप्तरी जिल्लाको राघवपुरमा अधिकारी परिवारमा जन्मनु भएकी काकी २०३१ साल फागुन देखी काका बीरमणि ढकालको जीबन संगिनी (प्यारी) हुनुहुन्थ्यो । झापा जिल्लाको अर्जुनधारा–८ नारायण चोकमा स्थायी बसोबास गर्दै आउनु भएको वहाँ ६ सन्तानलाई जन्म दिए पनि सानै डेढ बर्षको छोरा (दोस्रो सन्तान)–लाई गुमाउनु भयो । जसको पीडा नमिठो र दुखाई त्यो क्षण अझै पनि ताजै थियो । दैबको लिलालाइ सहनै पर्ने भएपछि आफ्नो जिम्मेवारी र कर्तव्यमा कतै नचुकि छोरीहरुलाई उच्च शिक्षा र संस्कार दिंदै पाँचैजना छोरीलाई बैबाहिक बन्धनमा बाँधिदिने जिम्मेवारी पनि पुरा गर्नुभयो । जसमा काकाको दरिलो साथ रह्यो । पूर्वीय संस्कारमा छोरीको विवाह सम्पन्न गर्नु बाबु–आमाको ठूलो जिम्मेवारी ठानिन्छ । त्यही जिम्मेवारी पूरा गरेपछि आफ्नो सुन्दर संसारमा रमाइरहनु भएको बेला बिश्वब्यापी माहामारी कोभिड– १९ को प्रकोपबाट वहाँ पनि अछुतो रहन सक्नु भएन । केही महिना अगाडि वहाँले फेसबुक स्टाटसमा एउटा ‘कोरोना’ नामको कबिता लेख्नु भएको पढेको थिए ।
आज उहि कविता यहाँ उध्रित गर्न चांँहे–


“कस्तो अचम्मको जिन्दगी भो मेरो ,
एक किसिमको डरले सताई रहन्छ नराम्रो,
जिउ जिरिङ्ग जिरिङ्ग जाडो लाग्दा पनि डर लाग्छ,
कहि कसैबाट मसंग कोरोना त आएन ?
जन्मे पछि मर्नु पर्छ यहाँ सबैले
मर्नु भन्दा पनि शरीरको पिडाको डरले,
त्रशित भएर बिरामीको शंकामा मन बस्ने
कहि कसैबाट कोरोना त आएन ?
माक्स लगाई सुनसान सडकमा हिडदा पनि,
भौतिकदुरी साथीहरुसंग कायमै गर्दा पनि,
कहिले शरीरमा अफ्ठ्यारो हुदा पनि,
कतै कपाल दुखि आँखा रसाउदा पनि,
एक्कासि यो मनमा शंका जन्माउने,
कहि कसैबाट मसंग कोरोना त आएन ?
हरे कति बिजोग हुन्छ त्यो लासको,
कोरोनाबाट मृत्यु भएको छ जस्को,
आफुलाई माया गर्ने हातले छुन डराउछन,
कस्ले दिन्छ दागबत्ती कस्ले गर्छ दाहसस्कार,
छोरा छोरी आफन्त सब भए बेकार,
हे कोरोना बिन्ति छ नसताउ हामिलाई,
तिमीलाई हामी बिदा गर्छौ फुलमाला लगाई !!! यो थियो वहाँको कविता…..!!!!
बास्तवमा कोरोना कहर समाजमा ब्याप्त छ, वहाँका कबितामा मात्र कोरोना सिमित रहेन । कोरोनालाई फुलमाला लगाएर विदा गर्ने हिम्मत कस्नु भएकी लक्ष्मी काकीले कोरनासंग त बिजय प्राप्त गर्नु भयो । तर, मृत्युसंग हार्नुपर्यो । केही दिनको कोरोना संक्रमण पछि कोरोनालाई जित्नुभयो । रिपोर्ट नेगेटिभ आयो तर मृत्युु लाई जित्न नसक्दा सबै परिबारलाई छाडेर जानुभयो । परिवारजनमा पर्न गएको बज्रपात संगसंगै हाम्रो संस्कार अनुसार गरिने दशगात्र कर्म गर्न छोरीहरुले देखाएको अग्रसरता र बिश्वासले समाज रुपान्तरणको अभ्यासमा उदाहरण बनेको छ ।
हाम्रो संस्कृति अनुसार दशगात्र काजकिरिया छोराबाट नै गर्नुपर्ने भन्ने पुरातन सोचबाट माथि उठेर अब विवाहित छोरीहरुले पनि यो कार्य गर्न सक्छन् भन्ने कुराको उदाहरण बनेका छन । शिक्षित साथै संस्कारी छोरीको उदाहरणीय कार्यले मृतक आमा जहाँ भए पनि वहाँको आत्माले शान्ति पाउनेछ । हाम्रो पितृ सत्तात्मक समाजमा छोरीहरुले बिरालाको घाँटीमा घन्टी झुन्डाउने काम गर्नु भएको छ र यस घन्टीको आवाजको तरङ्ग अब हाम्रो समाजमा छाएको छ । यसलाई जिवन्त राख्न सक्नुपर्छ । समाजमा आज पुरुषहरुलाई मात्रै होइन महिला अधिकार समानताको डिग हाक्ने हामी महिलाहरुलाई पनि अधिकार लिन भाषण र भोटको भाषा अलापेर मात्रै होइन ब्यवहारमा रुपान्तरण गर्नुपर्छ भन्ने सन्देस पनि हो यो । महिला षुरुष बिचको सामाजिक विभेद साथै शास्त्रहरुमा लेखेका कुराहरुलाई आफ्नो अनुकुल परिभाषित गर्न हाम्रो समाजमा नयाँ नजिर बनेको छ । यी र यस्ता उदारणीय कार्यले छोराछोरीको बिभेदलाई कम गर्ने नै छ भने यसलाइ समाजले पनि सहजै रुपमा लिएर महिला पुरुष बिचको सम्बन्ध अझ प्रगाढ सम्बन्ध बन्न सकोस् र यस्ता कार्यको समाजले मुक्त कण्ठले प्रशंसा गरोस ।
अन्यमा,
अत्यन्तै दुःखी छु मेरो काकाको हरपल कि प्यारि, दुख–सुखमा सधैं आँट हिम्मत र साथ दिई हेर बिचार गर्ने जीवन संगिनि गुमाउँदै गर्दा अवस्य पनि घर संसारलाई नै हलचल बनाएको छ । उनै भगवानले आउने दिनहरुमा शक्ति प्रदान गर्नुहोस् ,प्यारा बैनीहरु आमा बिरामी सुन्ने साथ उडेर आएर अन्तिम साससम्म सेवा गरी मृत्यु पछिको सम्पूर्ण कार्य भक्ति भाबले गरेउ, यश कार्यको हृदयदेखि सम्मान गर्दै आज १२ औ पुन्य तिथिमा काकी आमा लक्ष्मि ढकालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारलक्ष्मी काकीको दशगात्र कर्मको सन्देश
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img