झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा शुक्रबार उहाँमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
झापा भद्रपुरका स्थानीय बासिन्दा ७७ वर्षका उहाँ प्रदेश १ का सबैभन्दा जेठा सांसद हुनुहुन्छ । सरावगी प्रदेश–१ मा नेपाली कांग्रेसबाट सांसद हुनुहुन्छ ।
दुई दिनअघि एकसय डिग्री भन्दा माथि ज्वरो आएपछि उहाँले पिसिआर परीक्षण गराउनु भएको थियो । सांसद सरावगीको स्वास्थ्य अवस्था सामान्य छ।
उहाँसंगै उहाँका भाइ नन्दप्रकाश सरावगी (नन्दु) र नातिलाई समेत संक्रमण पुष्टि भएको छ। अहिले सांसद सरावगी सहित तीनै जना होम आइसोलेसनमा रहेको कांग्रेस झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिनुभयो।
प्रदेश–१ का जेठा सांसदलाई कोरोना

































































































