HomeFeatured 2निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि बेड छुट्याए/नछुट्याएको अवस्थाबारे प्रभावकारी अनुगमन गर्ने भएको छ ।
संघीय तथा प्रदेश सांसदसहितको उपस्थितिमा समितिको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकले कोरोना संक्रमणसंग सम्बन्धित विभिन्न ५ बुँदे निर्णय गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
पीसीआर ल्यावका लागि किट व्यवस्थापनका लागि स्थानीय पालिकाहरुसंग सहयोग आह््वान गर्ने, साप्ताहिक हाटबजार, मेला र धार्मिक तथा अन्य भेला नगर्न आम नागरिकलाई अनुरोध गर्ने निर्णय गरेको बैठकले मेची अस्पतालको स्तरोन्नतिका लागि प्रदेश तथा संघीय सरकार समक्ष अनुरोध गर्ने, नेपाली सेनालाई कोरोना संक्रमण पछि मृत्यु भएकाको शब व्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकारसंग एम्बुलेन्स माग गर्ने लगायतका निर्णय गरेको सभापति ढकालले बताउनु भयो ।
बैठकमा स्वास्थ्य उपचारका लागि पुगेका विरामीलाई निजी अस्पतालले भर्ना नलिने गरेको विषयप्रति गम्भीर ध्यानाकर्षणसंगै छलफल गर्नुका साथै ,झापाको बिगत र बर्तमान अबस्थाको समिक्षा गर्दै केही रणनीति समेत तय गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img