झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको नोबेल मेडिकल अस्पतालमा उपचार गराइरहेका आचार्य डिस्चार्ज भएको केही घण्टाभित्रै किन्स हस्पिटल भर्ना भएका हुन्।
नगर प्रमुख आचार्यको फोक्सोमा असर देखिएपछि सिलगुडी लगिएको परिवारले जनाएको छ। उनी दुई सातादेखि नोवेल मेडिकल अस्पतालमा उपचार गराइरहेका थिए। पिसिआर रिपोर्ट नेगेटिभ आएका उनलाई थप उपचारका लागि भारतको सिलगुडी लगिएको हो। अहिले उनलाई डाक्टर शेखर चक्रवती सहितको टिमले हेरिरहेको जनाइएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी केही दिन घरमै बसेका थिए। स्वास्थ्यमा थप समस्या देखिएपछि दुईसाता अघि उनलाई विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो।
नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

































































































