Homeसमाचारगाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।
गाउँपालिका सरकारले एकतन्त्रीयय ढंगबाट तानाशाही शैलीमा काम कारबाही गरेको भन्दै उपाध्यक्ष सरस्वती रावलले बुधबारदेखि अनिश्नितकालिन तालाबन्दी गरेकी हुन्।


एक विज्ञप्ति जारी रावलले स्थानीय सरकार संचालन ऐेन विपरित उपाध्यक्षको अधिकार खोसेर काम भैरहेको जनाएकी छिन्।
योजनाको अनुगमन तथा सुपरीवेक्षणको अधिकार उपाध्यक्षको भएपनि अनुगमन प्रतिवेदनविना योजनाको भुक्तानी दुन लगाएको आरोप रावलले लगाएकी छिन्। कर्मचारी भर्ना तथा छनौटमा अनियमिता गरेको आरोपसमेत उनको छ। योजना छनौटमासमेत केन्द्रियता लाद्दै जनमतको अपमान भैरहेको उनको आरोप छ।
गाउपालिका सरकारले गर्ने हरेक काम कारवाहीमा आन्तरिक तथा पार्टीमा पटक पटक छलफल हुदासमेत कार्यशैलीमा कुनै फरक नआएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। यो गाउपालिकामा अध्यक्ष झंकर साउद र उपाध्यक्ष रावल दुबै तत्कालिन नेकपा माओवादीबाट निर्वाचित हुन्।
गाउपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत केही दिन पहिले शान्तडा बजारमा प्रदर्शन गरेको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img