Homeसमाचारप्रहरी हत्या प्रकरण: नियन्त्रणमा लिएका ११ माथि अनुसन्धान शुरु

प्रहरी हत्या प्रकरण: नियन्त्रणमा लिएका ११ माथि अनुसन्धान शुरु

कैलालीको धनगढी उप–महानगरपालिका–१० जुगेडाको सीमा क्षेत्रमा हत्या गरिएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको घाँटी रेटेर हत्या गरिएको पाइएको छ ।
शनिबार राति सीमा क्षेत्रमा ड्युटीमा खटिएका जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको घाँटीमा धारिलो हतियारको चोट देखिएकोले उनको हत्या भएको हुनसक्ने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताउनु भयो । उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद अझै बेपत्ता छन् ।
मृतक विक कञ्चनपुरको पुनर्वास नगरपालिकाका हुन् भने बेपत्ता साउदको घर अछामको बान्निगढी गाउँपालिका रहेको प्रहरीले जनाएको छ । शनिबार राति लगभग ८ बजे नियमित गस्तीमा गएका दुवैजना मध्यरातसम्म पनि नफर्किएपछि खोजि सुरु गरिएको थियो। खोजीका क्रममा असई विकको शव प्रहरीले आइतबार बिहान सीमा नाकास्थित मोहना नदीमा फेला पारेको थियो।
विकले चढ्ने बा५८प ५२८४ नम्बरको मोटरसाइकल चौकीबाट एक किमीको दूरीमा फेला परेको थियो। चौकीबाट झण्डै तीन किमीको दूरीमा रहेको मोहना नदीमा विकको शव फेला परेको थियो। नेपाल भारत सीमाक्षेत्र मोहन नदी आसपास अत्याधिक तस्करी हुने स्थानको रुपमा लिइन्छ। मृतक विक भारतीय तस्कर समूहको निशानामा परेका प्रहरीले अनुमान गरेको छ।
नेपाल भारत सीमा छुट्याउने पिल्लरबाट लगभग ५० मिटरको दूरीमा घाँटी रेटेर हत्या गरेको अवस्थामा विकको शब फेला परेको थियो । वेपत्ता साउदको पनि हत्या भएका हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
विकको हत्या प्रकरणमा प्रहरीले ११ जनालाई छानबिनको लागि नियन्त्रणमा लिएको छ। अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिंहले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको बताउनु भयो। तीन हप्ताअघि त्यही स्थान नजिकै धनगढी उपमहानगरपालिका–१० जुगेडाको बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान मृत फेला परेका थिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रहरी हत्या प्रकरण: नियन्त्रणमा लिएका ११ माथि अनुसन्धान शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img