Homeसमाचारसांसद चापागाँईले दशैं भत्ताको रकम नारी संचार र शहीद प्रतिष्ठानलाई दिने

सांसद चापागाँईले दशैं भत्ताको रकम नारी संचार र शहीद प्रतिष्ठानलाई दिने

झापा । कोरोना संक्रमण जोखिमका कारण जनता सडकमा भोकभोकै रहेका बेला सांसदले दशैं भत्ता लिनुहुन्न भन्ने कुरामा सचेत संघीय सांसद धर्मशिला चापागाँईले दशैं खर्च वापत सरकारबाट प्राप्त रकम झापाका दुई संस्थालाई प्रदान गर्ने निर्णय गर्नुभएको थियो ।


सांसद चापागाँईले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै झापाली महिला पत्रकार (सञ्चारकर्मी)–हरुको छाता संगठन नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष र शहिद प्रतिष्ठान नेपाल शाखा कार्यालय विर्तामोडलाई आधा आधा रकम उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
नेपाल सरकारले संघीय संसद सचिवालय मार्फत सांसदलाई उपलब्ध गराएको दशैं भत्ता बापतको रकम सबैले एकठाउँमा जम्मा गरेर अत्यावस्यक काममा लगाउँन आह््वान गर्नुभएको थियो ।
उक्त कुरामा सांसदहरुबीच कुनै पनि ठोस निर्णय हुन नसकेपछि उहाँले गृह नगरमा क्रियाशिल दुई संस्थालाई उपलब्ध गराउने निर्णयमा पुग्नु भएको हो ।
सरकारले संघीय सांसदलाई मासिक तलबको एकमहिनाको तबल बराबरको रकम दशैं भत्ता वापत खर्च उपलब्ध गराएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसांसद चापागाँईले दशैं भत्ताको रकम नारी संचार र शहीद प्रतिष्ठानलाई दिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img