HomeFeatured 2राष्ट्रियसभाका अध्यक्ष, सांसद रावल र थापाद्वारा भत्ता फिर्ता

राष्ट्रियसभाका अध्यक्ष, सांसद रावल र थापाद्वारा भत्ता फिर्ता

झापा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहित सांसदहरु भीम रावल र गगन थापाले आउँदै गरेको दशैंका लागि सरकारले उपलब्ध गराएको भत्ता फिर्ता गरेका छन् ।
संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले तिमल्सिना, थापा र रावलले आफू र आफ्नो स्वकीय सचिवको नाममा आएको दशैं भत्ता फिर्ता गरेको जानकारी दिनुभयो ।
उनीहरुले भत्ता फिर्ताका लागि औपचारिक रुपमा निवेदन दिइसकेकाले उनीहरुका भत्ता फिर्ता हुने धमलाले बताउनु भयो । संघीय संसदका सदस्य र सांसदका स्वकीय सचिवलाई दशैं भत्ता वितरण गरेपछि आलोचना भएका थियो ।
सांसदहरुले मासिक रुपमा पाउँदै आएको ६५ हजार तलबमा त्यति नै बराबर सचिवालयले बैंक खातामा दशैं भत्ता पठाएको थियो । सांसदहरुले प्रत्येक वर्ष मासिक तलब बराबरको रकम दशैं पाउँदै आएका छन् ।
सांसद रावलले संघीय संसदका महासचिवलाई सम्बोधन गर्दै लेखेको पत्रमा दशैं भत्ता फिर्ता हुने व्यवस्था गर्नका लागि आग्रह गर्दै खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाइ हुने भएमा भत्ता बराबरको चेक लिएर वा आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने गरी जुन त्यस सचिवालयलाई सहज हुन्छ सोही अनुरुप गर्न आग्रह गरेको बताइएको छ ।
यता झापाबाट समानुपातिक सांसद धर्मशिला चापागाँईले सबै सांसदको भत्ता वापतको रकम जम्मा गरेर अत्यावश्यक काममा लगाउन आह््वान गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ–‘साँसदहरुलाई दिइएको भनिएको भत्ता बापतको रकम सबैले एकठाउँमा जम्मा गरेर अत्यावस्यक काममा लगाउँ न ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राष्ट्रियसभाका अध्यक्ष, सांसद रावल र थापाद्वारा भत्ता फिर्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img