Homeसमाचारमेचीनगरका प्रमुखसहित झापामा ४१ जनामा कोरोना पोजेटिभ

मेचीनगरका प्रमुखसहित झापामा ४१ जनामा कोरोना पोजेटिभ

झापा । झापामा बुधबार एक जनप्रतिनिधि, ५ जना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र ९ जना कैदीसहित ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार कोरोना संक्रमण पुष्टि हुने जनप्रतिनिधिमा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य रहेका छन् मेचीनगरका २ स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी मोरङ ठेगाना भएका एक सुरक्षाकर्मी र ९ जना कैदी बन्दीमा समेत कोरोना संक्रमण भएको बताइएको छ ।
विर्तामोड र कनकाई नगरपालिकाका २÷२ जना कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ भने दमक÷भद्रपुर र मेचीनगरका ४÷४ जना स्थानीय, बुद्धशान्ति र अर्जुनधाराका ३÷३ जना, विर्तामोड र कनकाईका १÷१ जना स्थानीयमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा बुधबार मात्रै ४१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चांैंलागाँईले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेचीनगरका प्रमुखसहित झापामा ४१ जनामा कोरोना पोजेटिभ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img