HomeFeatured 2त्यागी नेता कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष प्रसाईको ९९ वर्षमा निधन

त्यागी नेता कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष प्रसाईको ९९ वर्षमा निधन

काठमाडौं । नेपाली कांगेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा पुराना, त्यागी नेता रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका विश्वास पात्र प्रसाईं २०१५ सालको आम निर्वाचनमा भने प्रजापरिषद्को तर्फबाट संसदमा उम्मेदवार बनेका बन्नुभएको थियो ।
कांग्रेसका बौद्धिक तथा लोकतान्त्रिक समाजवादको व्याख्याता समेत रहनु भएका सीके प्रसाईंका सहोदर दाजु ‘खनुपरुदे’ २०१६ देखि नेपाली कांग्रेस झापाको राजनीतिमा नेतृत्वदायी भूमिकामा रहनु भएको थियो ।
२०४३ सालमा नेपाली कांग्रेस झापाको सभापति भएका प्रसाईंको जिल्ला कार्यसमितिमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला उपसभापति, पूर्व बनराज्यमन्त्री बीरमणी ढकाल सचिव र पूर्वमन्त्री स्वर्गीय चक्रप्रसाद बास्तोला सदस्य थिए ।
प्रसाईंले पार्टीको जिल्ला सभापति भए पनि २०४३ पछि उपसभापति सिटौलालाई कार्यवाहक सभापति बनाएपछि २०४८ मा कांग्रेसको आठौं महाधिवेशन झापाको कलबलगुडीमा भएको थियो । २०४८ सालको आम निर्वाचनमा झापाको तत्कालिन ५ नम्वर क्षेत्र र २०५१ मा झापाको तत्कालिन २ नम्वर क्षेत्रमा कांग्रेसको उम्मेदवार हुनुभएको थियो ।
सादगी, त्यागी र मित्तव्ययी स्वभावका खनुपरुदेलाई २०४८ को पार्टी महाधिवेशनपछि तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईले केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी दिनु भएको थियो ।
झापामा सयौं विघा जमिन र सम्पति भए पनि कहिल्यै अहंकार र दम्भ नदेखाउने प्रसाईंको मित्तव्ययीता उदाहरणीय छ ।– उध्रिएका लुगा कपडा आफैँ सियोले सिउने गर्नुहुन्थ्यो रे । कांग्रेस कोषाध्यक्ष हुँदा उहाँको एक–एक हिसाब दुरुस्त राख्नै शैलीले तत्कालीन सभापति भट्टराई पनि प्रभावित हुनुहुन्थ्यो ।
सामाजिक सेवा र कल्याणकारी कार्यमा आर्थिक र भौतिक सहयोग गरेका खनुपरुदे राजधानीको त्रिमुर्ती निकेतक जस्तो साहित्यिक संस्थामा संलग्न हुनुहुन्थ्यो । राजनीतिमा बढ्दै गएको विकृति र फजुल तथा विलासी खर्च गर्ने शैलीको खनुपरुदे कट्टर विरोधीका रुपमा चिनिनु हुन्थ्यो ।
पछिल्लो समयमा राजनीतिमा सक्रिय हुन छाडेका खनुपरुदेका छोरा टोरुप प्रसाईं खानेपानीको केन्द्रिय अध्यक्ष तथा विभिन्न सामाजिक तथा संघसंस्थामा सक्रिय रहनु भएको छ।
त्यसैगरी रामबाबुका हितैसी राजनीतिक सहयात्री पूर्व सांसद् डिल्लीप्रसाद सिटौलाले गान्धीवादी, नाफा नोक्सान कहिल्यै नहेर्ने तर बोलेका कुरा जहिल्यै पुरा गरेरै छाड्ने बचनको पक्का, सत्यवादी नेता अब यो युगले बिरलै पाउला भन्नुहुदै बीपी कोइरालाको सच्चा अनुयायी रामबाबु प्रसाई हुनुहुन्थ्यो भन्नुभयो ।
नेपाली काँग्रेस झापाका पूर्व सभापति तथा सभाषद सुधिरकुमार शिवाकोटीले समयको महत्व बुझ्ने, सत्यको पुजारी, थुप्रै सम्पत्तिको मालिक भएर पनि सादगी जीवन बिताउन चाहने, सबैप्रति समान व्यवहार गर्ने रामबाबुबाट यो समाज र राष्ट्रले थुप्रै आदर्श जीवनशैलीको अनुपम उदाहरण संग्रह गर्नसक्ने बिचार व्यक्त गर्नुभयो ।
निरंकुश पञ्चायती व्यवस्थाको बिरोधमा नेपाली काँग्रेसले सञ्चालन गरेको क्रान्तिमा सरिक भएवापत उहाँले भारतमा निर्वासित जीवन बिताउनु परेको थियो भने पटक पटक जेल र हिरासतमा बस्नुभएके थियो । राजा महेन्द्रले २०१७ सालमा बीपी कोइराला नेतृत्वको दुईतिहाइ बहुमतको प्रथम जननिर्वाचित सरकार अपदस्त गरी बीपी लगायतका नेतालाई जेह हालेपछि रामबाबुले राजाको त्यो अप्रजातान्त्रिक कदमका बिरुद्ध इलामस्थित आफ्नै निवासमा कालो झण्डा गडेर बिरोध जनाउनु भएको थियो ।
राजाको कदमको स्वागत नगरेको र कालो झण नै गाडेर राजाको ठाडो बिरोध गरेको भन्दै तत्कालिन शाही सत्ताले पक्राऊ गरेर रामबाबुलाई २ वर्ष जेल हालेको सम्भना सुनाउनु हुन्छ रामबाबुकै अनुयायी मध्येका एक कांग्रेस नेता सुधिरकुमार शिवाकोटी ।
नेपाली काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराई कालीन केन्द्रीय कोषाध्यक्ष प्रसाईंले जीवनमा कहिल्यै लाभको पदको मोह राख्नुभएन । चावहिलस्थित ओम अस्पतालको आकस्मिक उपचार कक्षमा उहाँको उपचार भइरहेको अवस्थामा निधन भएको जेठा छोरा टोरुप प्रसाईले जानकारी दिनुभएको छ ।
श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि उहाँलाई अस्पताल लगिएको थियो ।
वि.सं. १९७८ साल पुसमा जन्मिनुभएका प्रसाई सत्यवादी, दृढ संकल्प भएका र निष्ठाका प्रतिमूर्ति हुनुहुन्थ्यो । नेपाली साहित्यको कविता विधामा समेत कलम चलाएका प्रसाई प्राकृतिक चिकित्सा विज्ञान विषयमा समेत विज्ञ थिए । कानुनका समेत विद्यार्थी रहेका प्रसाईले बिर्तामोडलाई शहरको रुपमा विकास गर्न महत्वपूर्ण योग्दान दिनुभएको थियो ।
बिर्तामोडको हालको देवी मावि, बुधबारे हटिया र कृषिथोक बजारका जग्गादाता समेत रहनुभएका प्रसाई पछिल्लो समय काठमाण्डौंमा बस्दै आएउनुभएको थियो । प्रसाईकी श्रीमती, छोराहरु टोरुप, डुजुप र गिसुप हुनुहुन्छ। उहाँका दुई छोरी पनिखम र खेचिम रहनुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2त्यागी नेता कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष प्रसाईको ९९ वर्षमा निधन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img