Homeसमाचारकनकाई खबर साप्ताहिक तेस्रो वर्षमा

कनकाई खबर साप्ताहिक तेस्रो वर्षमा

कनकाई / झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिक दोश्रो वर्ष पूरा गरी आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ ।
प्रारम्भिक चरणबाटै आफ्नो यात्रालाई शसक्त बनाएको कनकाई खबरले २०७५ असोज २२ देखि कनकाई खबरले विधिवत रुपमा मान्यता प्राप्त गरेको हो । बन्द निषेधित धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा देशविदेशमा समेत पहिचान बनाएको कनकाई नगरीबाट प्रकाशन सुरु गरेको यस साप्ताहिक पत्रिका जिल्लाका धेरै स्थानीय तहमा वितरण हुँदै आएको छ ।
प्रत्येक हप्ताको बुधबार पत्रिका प्रकाशन हँुदै आएको भएपनि कोरोना कहरका विचमा अनलाइन संस्करणलाई सक्रिय बनाउँदै समाचारका विषयवस्तुलाई देशविदेशमा समेत पुर्याउँने प्रयास गरिएको साप्ताहिकका प्रकाशक तथा सम्पादक रामप्रसाद निरौलाले बताए ।
विश्वभरका पाठकलाई पल पलको ताजा खबर तथा अन्य खुराक पस्कन साप्ताहिकको अनलाइन संस्करणले प्रारम्भिक चरणबाट नै महत्वपूर्ण भूमिका खेल्दै आएको सम्पादक निरौलाले बताए । समाजका सबै क्षेत्रको दरिलो साथ र समर्थन प्राप्त गरेकै कारण सफल यात्रा सम्भव भएको निरौलाको संभव छ ।
यस्तै सहयोग आगामी दिनमा पनि रहनेमा आशावादी रहेको भन्दै कनकाई खबरकी व्यवस्थापक शान्ता अधिकारीले सम्पूर्ण सहकर्मीहरुको प्रशंसनीय उत्साह र सक्रियताप्रति कृतज्ञता जाहेर गरेकी छन् ।
तेस्रो वर्ष प्रवेशको अवसरमा प्रकाशन समूहले स्थानीय संचारकर्मीसहित केही संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितिमा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लिलाराज झापाली, सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष तीर्थराज खरेल, रोटरी क्लव सुरुङ्गाका अध्यक्ष एवम् शिक्षासेवी टिकाप्रसाद जमरकट्टेल, लायन्स क्लव सुरुङ्गाका अध्यक्ष एवम् संचारकर्मी मनोज बस्नेत, लेखक एवम् साहित्यकार सूर्यप्रसाद अधिकारी, संचारकर्मी चुडामणि तिम्सिना, सुष्मा कुमाल लगायतले अनलाइनसहितको कनकाई खबर साप्ताहिकको सफलताको कामना गरेका छन् । संचारकर्मी र संचार माध्यमहरुले निडर र निष्पक्ष रुपमा अघि बढ्दै समाजको दर्पण बन्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकनकाई खबर साप्ताहिक तेस्रो वर्षमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img