Homeसमाचारसहभागिता बढाउन खुल्ला प्रतिष्पर्धामा जान सुझाव

सहभागिता बढाउन खुल्ला प्रतिष्पर्धामा जान सुझाव

झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले एकपटक समावेशी सहभागिता जनाएका महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्न सुझाव दिनुभएको छ ।
नेपाल महिला संघ झापाको आयोजनामा आइतबार सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेश र महिला नेतृत्व र चुनौति विषयक अन्तरिक्रयात्मक भर्चुअल कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो सुझाव दिनुभएको हो । समावेशी सहभागितालाई संविधानले नै सुनिश्चित गरिसकेको बताउँदै नेता सिटौलाले महिला सहभागिता बढाउन खुल्ला प्रतिष्पर्धामा जान सुझाव दिनुभएको हो ।
संसद वा पार्टीको कुनै पनि पदमा समावेशी सहभागितामा एकपटक सहभागी भइसकेपछि खुल्ला निर्वाचनमा गएर समावेशीमा नयाँलाई स्थान दिन सुझाव दिनुभएको हो ।
शतप्रतिशत ब्यक्तिको नेतृत्व गर्न पुरुष वा महिला कसैले पनि नसक्ने तर खुल्ला प्रतिष्पर्धाबाट आएको नेतृत्वले बहुमत ब्यक्तिको भावना समेट्न सक्ने हुँदा खुल्ला प्रतिष्पर्धामा जान निर्देशन दिनुभएको हो ।
देशमा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक गतिविधि अन्त्यका लागि कांग्रेसको १४ औं महाधिवेशनले वार्डदेखि केन्द्रसम्म नै सबल नेतृत्व चयन गर्नुपर्ने बताउँदै पार्टीको प्रतिपक्षी भूमिकालाई सवल बनाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीको आधार तह बलियो बनाउन क्रियाशिल सदस्यता वितरणमा महिला सहभागिता बढाउन निर्देशन दिदै नेता सिटौलाले वैशाखमा महाधिवेशन गर्न आफूले केन्द्रीय समितिमा प्रस्ताव गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीले पनि महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा खुल्ला प्रतिष्पर्धाका लागि आफ्नो कार्यक्षमता बृद्धि गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलले अहिले कम्युनिष्ट नेतृत्वको सरकार सरकारजस्तो नभएको र प्रतिपक्षी दल पनि प्रतिपक्षीजस्तो नभएको टिप्पणी गर्दै नेकपा नेतृत्वको सरकार जनताको सरकार बन्न नसकेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नेपाल महिला संघका क्षेत्रीय सभापतिहरु, गाउँ/नगर सभापति तथा विभिन्न तहका महिला नेतृहरुले आ–आफ्ना धारणा राख्दै नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीको पदाधिकारीमा महिला सहभागिता बढाउन आग्रह गर्दै वार्डतहदेखि केन्द्रसम्मका सबै सांगठनिक संरचनामा ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न आग्रह गरेका थिए ।
नेपाल महिला संघ झापाका सभापति सुशिला ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उर्मिला ढकालले गर्नुभएको थियो भने स्वागत सचिव टीका मैनालीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसहभागिता बढाउन खुल्ला प्रतिष्पर्धामा जान सुझाव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img