Homeसमाचारभालुवाङ राजधानी बनाउने निर्णय विरुद्ध १४ सांसदद्वारा नोट अफ डिसेन्ट

भालुवाङ राजधानी बनाउने निर्णय विरुद्ध १४ सांसदद्वारा नोट अफ डिसेन्ट

प्रदेश ५ राजधानी विवाद :

झापा । दाङको भालुवाङमा प्रदेश–५ को राजधानी बनाउने निर्णयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै विवाद भएको छ । राजधानीका सम्बन्धमा पार्टीका दुई अध्यक्षबीच सहमति भए लगतै प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव लगेको थियो ।
त्यसबारे छलफल गर्न शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले विरोध गर्दै १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
वैठकमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाल लगायत १४ जनाले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको सांसद डा.कृष्ण न्यौपानेले बताउनु भयो ।
‘न्यौपानेले भन्नुभयो–‘दाङको भालुबाङलाई स्थायी राजधानी बनाउने कुरा उपयुक्त छैन भनेर लिखित नोट अफ डिसेन्ट लेखेर विरोध जनायौं ।’ सांसदहरुले प्रदेशसभामा आफ्ना विचार निर्वाध रुपमा राख्न पाउनुपर्ने र नेतृत्वले अंकुश लगाउन नहुने बताएका छन् ।
बैठकमा नेकपा प्रदेश ५ इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई पार्टीको निर्णय बाहिर नजान निर्देशन दिएको वैठकमा सहभागी एक सांसदले बताए । यता पार्टीका सचेतक भूमिश्वर ढकालले भने सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको बताएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभालुवाङ राजधानी बनाउने निर्णय विरुद्ध १४ सांसदद्वारा नोट अफ डिसेन्ट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img