Homeसमाचारभौगोलिक विशिष्ठताका कारण फोर ह्वील गाडी खरिद बाध्यता, तथ्य बुझ्न आग्रह

भौगोलिक विशिष्ठताका कारण फोर ह्वील गाडी खरिद बाध्यता, तथ्य बुझ्न आग्रह

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले खरिद गरेको स्कर्पियो गाडीको विषयमा सञ्चारमा माध्यममा आएको समाचार र सामाजिक सञ्जालमा आएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बुद्धशान्ति गाउँपालिका कार्यालयले जनाएको छ ।


गाउँपालिकाले गरिद गरेको र संघीय सरकारबाट प्राप्त तथा भाडामा लिएकोसहित गाउँपालिकामा तीनवटा गाडी रहेपनि संघीय सरकारबाट प्राप्त गाडी जीर्ण भएका कारण दैनिक सञ्चालन खर्च बढ्न गएको तथा भाडामा लिएको गाडी समेत गत असार मसान्तबाट गरिएको जनाउँदै गाउँपालिकाले आवश्यकता भएर नै नयाँ गाडी खरिद गरेको जनाएको छ ।
भौगोलिक रुपमा पनि विशिष्ट प्रकृतिको रहेको बुद्धशान्ति गाउँपालिकामा चुरेक्षेत्र तथा खोलानाला समेत रहेकोले कच्ची र अप्ठ्यारा सडकहरुमा गाडी सञ्चालन गर्नुपर्ने बाध्यतात्मक परिस्थितिका कारण फोर ह्वील गाडी नै किन्नुपर्ने बाध्यता भएको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै उक्त आवश्यकता महसुस गरी गाडी खरिदका लागि सातौं गाउँसभाबाटै बजेट विनियोजन भएको जनाउँदै गाडी खरिदमा सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको व्यवस्थाको प्रक्रिया अनुसार नै गाडी खरिद गरिएको जनाएको छ ।
विभिन्न सञ्चारमाध्यममा तथ्यलाई मोडेर गाउँपालिकाको प्रतिष्ठामा आँच पुर्याउनुका साथै उपाध्यक्ष मिरा भूर्तेलको मानमर्दन गर्ने दुरासय राखेर जनमानसमा भ्रम सिर्जना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ /गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘समाचार र सामाजिक सञ्जालमा गरिएको भद्धा, निर्मम एवं निर्लज टिप्पणीप्रति गाउँपालिका घोर भत्सना गर्दछ ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभौगोलिक विशिष्ठताका कारण फोर ह्वील गाडी खरिद बाध्यता, तथ्य बुझ्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img