Homeसमाचाररोट्रियनद्वारा मेची अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

रोट्रियनद्वारा मेची अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

भद्रपुर । रोटरी क्लव अफ बिर्तामोडको अगुवाइमा क्षेत्र–७ अन्तरगतका रोट्रियनहरुले भद्रपुर स्थित मेची प्रादेशिक अस्पताललाई कोरोना भाईरस परीक्षण सम्बन्धी पीसीर मेसिन हस्तान्तरण गरेका छन ।
रोट्रियनहरु उहाँहरुको निजी कमाईको निश्चित हिस्सा सामाजिक क्षेत्रमा प्रयोग गर्ने नीति अनुरुप देशका ७ वटै प्रदेश सरकारलाई कोभिड १९ परिक्षणका लागि एक/एक वटा मेसिन उपलब्ध गराउने कार्यक्रम अन्र्तगत प्रदेश नं–५ अन्र्तगत पहिलो पटक मेची अञ्चल अस्पताल झापालाई उक्त मेसिन प्रदान गरिएको हो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको प्रमुख आतिथ्यतामा अञ्चल अस्पतालको सभाहलमा विहिवार आयोजित कार्यक्रमका बीच अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पिताम्बर ठाकुरलाइ सो मेसिन हस्तान्तरण गरिएको थियो ।


सो अवसरमा प्रमुख अतिथि पोर्तेलले झापामा संक्रमण परिक्षणको दायर दिन प्रतिदिन बढाउदै लगिएको जानकारी दिंदै रोट्रियनहहरुको सहयोगले परिक्षणमा थप सहजता प्रदान गर्ने बताउनु भयो ।
मेसिन ग्रहण गर्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट ठाकुरले मेसिन प्राप्तीले आफुहरुलाई थप जिम्मेवार बनाएको बताउदै मेसिनको सहि सदुपयोग गर्दै परिक्षणलाई तिब्रता दिइने बताउनु भयो ।
रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षता तथा विर्तामोडका पूुर्व अध्यक्ष मिनप्रकाश मैनालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोट्रियन विर्तामोड अध्यक्ष प्रशान्त भण्डारी, दमक शाखा प्रमुख शान्ता नेपाल, शुसिल रिजाल लगायतले मन्तव्य राख्दै स्वाव संकलन गरेपछि पिसिआर रिपोर्ट आउन ढिलाइ भएको उल्लेख गर्र्दै रिपोर्ट चाँडो दिनुपर्नेमा जोड दिनु भयो ।
स्वागत मन्तव्य कृष्णकान्त खनिया र धन्यवाद ज्ञापन सहितको रोटेरियन भद्रपुरका आदित्य पराजुलीले धन्यवाद ज्ञापन सहितको मन्तव्य राखेको कार्यक्रममा झापाका ५ वटा शाखा सहित विराटनगर, इटहरी लगायतका विभिन्न १४ वटा शाखाका रोट्रियन शाखा प्रमुखसहितको उपस्थिति थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररोट्रियनद्वारा मेची अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img