HomeFeatured 2फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान

फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान

शनिश्चरे । केहिदिनदेखि निरन्तर भएको अविरल वर्षाका कारण फुलमती खोलामा आएको बाढीले अर्जुनधारा–५ स्थित पानीकलमा ५ विगाहा जमिनमा लगाएको धानखेति कटान गरेको छ ।
कृषकले लगाएको धानबाली कटान हुँदा स्थानीय समस्यामा परेको राजेन्द्र गिरीले बताउनु भयो । बाढीले राजेन्द्र गिरीको १ विगाहा १० कठ्ठा, भोजराज चौहानको १० कठ्ठा, मनमाया तामाङको १० कठ्ठा, सावित्रा खड्काको १५ कठ्ठासहित आसपासको जमिनमा लगाइएको धानबाली तथा सिसौं र खयर बगान कटान गरेको हो ।


सो क्षेत्रमा स्थानीय दैवी प्रकोप व्यवस्थापन समितिले १ विगाहा जमिनमा सिसौं र खयरका गरी ७ सय विरुवा लगाएको थियो । कटान रोक्नका लागि लगाइएको उक्त विरुवा समेत स्थानीय फुलमती खोलामा आएको बाढीले बगाएको समितिका सदस्य दावा तामाङले बताए ।
यसअघि एकसय मिटर उत्तरपश्चिममा रहेको खोलो क्रमशः दक्षिण पूर्वतर्फ सर्दै कटान गर्न थालेपछि गाउँ बगाउने जोखिम बढेको स्थानीयको भनाई छ । वस्ती र खेतीमा थप क्षति हुन नदिन तत्काल तटबन्धन गर्न स्थानीय सरकार समक्ष पीडितले माग गरेका छन् ।
बाढी प्रभावित क्षेत्रको अनुगमन गर्दै वडाध्यक्ष ध्यानबहादुर भारतीले अस्थायी रुपमा बाढी रोकथामका लागि बाँसको भाटा प्रयोग गरेर थप क्षति रोक्ने प्रयास गर्ने तयारी गरेपनि निरन्तर परेको पानीका कारण समस्या भएको बताए । उनले भने–‘बाँसको भाटा लगाएका छौं, स्काभेटरले माटो भर्न निरन्तरको पानीले संभव भएको छैन ।’ वडाध्यक्ष भारतीका अनुसार हाल कटान भएको ठाउँदेखि केहि माथिसम्म जनताको तटबन्धन कार्यक्रमले तटबन्ध गरेको छ भने त्यसयता एकसयमिटर दुरीमा पनि तटबन्धका लागि माग गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img