Homeसमाचारसमाचारसुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति

सुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति

अर्जुनधारा ९ असोज। झापाको अर्जुनधारा नगरपालिका–९,१० र ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानभित्र अवैध रुपमा रुख काटिएको घटनाप्रति नेपालीकांग्रेस अर्जुनधारा नगर समितिले गम्भीर आपत्ति प्रकट गरेको छ । नगर समितिका सभापति हेमराज खरेलले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाउनु भएको हो ।
डिभिजन बन कार्यालयलाई जानकारी नै नदिई प्रतिष्ठान परिषरमा प्रदेश–१ का सांसद विर्ख प्रधानको उपस्थितिमा गत असोज ५ गते सिसौका रुखहरु काटिएका थिए ।
‘प्रतिष्ठानका नाममा सामुदायिक बनभित्र रहेका रुखहरुको अबैध कटान र अपारदर्शी वितरण पटक–पटक दोहोरिएकोप्रति नेपाली कांग्रेस अर्जुनधारा नगरसमिति घोर आपत्ति प्रकट गर्दछ’– विज्ञप्तिमा भनिएको छ–‘सत्ता र शक्तिको आडमा प्रदेश सांसद श्री विर्ख प्रधानकै उपस्थितिमा रुखहरु काटिएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । सांसद प्रधानसहित प्रतिष्ठानका पदाधिकारी तथा उक्त घटनामा संलग्नमाथि सामुदायिक बन ऐन अनुरुप कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला बन कार्यालयसहित सरोकारवाला निकायसँग जोडदार माग गर्दछौं ।’
सामुदायिक बन परिषरमा रहेको प्रतिष्ठानभित्र छिर्न त्यहाँका वनका उपभोक्ता तथा सर्वसाधारणले पैसा तिर्नुपर्ने तर उक्त रकम कहाँ र कसरी खर्च हुन्छ भन्ने जानकारी नै नगराउने प्रतिष्ठानको अपारदर्शी गतिविधिको छानविन गर्न सम्बन्धित निकायसँग विज्ञप्ति मार्फत माग गरिएको छ ।
सामुदायिक बनभित्र प्रतिष्ठान सञ्चालनका लागि भएको सम्झौता आम उपभोक्ता माझ सार्वजनिक गर्न मागसहित प्रतिष्ठानका अबैध गतिविधि माथि निगरानी आग्रह गरिएको विज्ञप्तिमा अगाडि भनिएको छ–‘नमूना सामुदायिक बन परिषरभित्र प्रतिष्ठान सञ्चालनका लागि भएको सम्झौता आम उपभोक्ता माझ सार्वजनिक गर्न माग गर्दै आफ्नै परिषरभित्र भइरहेका गतिविधिबारे जानकारी राख्दै अबैध गतिविधिप्रति खबरदारी गर्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न हामी नमूना सामुदायिक बन उपभोक्ता समितिसँग हार्दिक अपिल गर्दछौं । साथै सार्वजनिक सम्पत्तिको सदुपयोगका लागि गम्भिर बन्दै सामुदायिक बनको संरक्षणमा जुट्न स्थानीयबासी, नागरिक समाज, क्रियाशील राजनीतिक दल र सम्पूर्ण सरोकारवालालाई हार्दिक अनुरोध गर्दछौं ।’
नमुना सामुदायिक बन परिषरको सार्वजनिक सम्पत्तिलाई आम उपभोक्ताको हितमा खर्चन अपिल गर्दै विज्ञप्तिमा भनिएको छ–‘नमूना सामुदायिक बन परिषरको सार्वजनिक सम्पत्तिलाई सत्ता र शक्तिको आडमा अमुक राजनीतिक दलका नाममा प्रतिष्ठान खडा गरी बनको सम्पूर्ण आम्दानी हत्याउने र कार्यकर्ता पालन पोषणको माध्यम बनाइएको घटनाप्रति नेपालीकांग्रेस अर्जुनधारा नगरसमिति गम्भीर आपत्ती प्रकट गर्दै सार्वजनिक सम्पत्तिलाई आम उपभोक्ताको हितमा खर्चन समेत सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।’
समाचार स्रोतकाअनुसार उद्यानकाकर्मचारी तथा सांसद प्रधानका छोरा समेत रहेका भुवन प्रधानले दाउराका लागि रुख मागेका थिए । तर रुख काट्ने स्वीकृत नलिई काटिएको बताइएको छ । सोही प्रतिष्ठानका पूर्वअध्यक्ष समेत रहेका सांसद प्रधानका छोराछोरी नै सो प्रतिष्ठानमा कार्यरत रहेको समाचार स्रोतको दावी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारसुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img