Homeसमाचारसुखानी पार्कभित्र अवैध रुपमा रुख कटान,जोडिए सांसद प्रधान

सुखानी पार्कभित्र अवैध रुपमा रुख कटान,जोडिए सांसद प्रधान

झापा/झापाको अर्जुनधारा नगरपालिका–११ स्थित सुखानी सहिद स्मृति पार्क भित्र अवैध रुपमा काटिएका सिसौंका रूखका सम्बन्धमा झापाका एक सांसदको नाम जोडिएको छ ।
डिभिजन वन कार्यालयलाई जानकारी नै नदिई रूख कटान गरिएको घटनामा प्रदेश १ का सांसद वृख प्रधान जोडिएका हुन् । पार्क व्यवस्थापन समितिसँग मिलेमतोमा रूख काटेको आरोप उनलाई लागेको छ।


रूख काटिएको सूचना प्राप्त भएपछि सेक्टर बन कार्यालय सुरुङ्गाको टोली घटनास्थल पुग्दा प्रधान पनि त्यहीँ रहेको जनाइएको छ। पार्क व्यवस्थापन समितिका व्यवस्थापक पुष्प तिवारीले तीनवटा सिसौंका रुख काटिएको भएपनि प्रतिष्ठानले निर्णय गरिनसकेका कारण केही बोल्न नमिल्ने बताए । तिवारीले भने ‘वन कार्यालयले हेर्दै छ, प्रतिष्ठानले केही निर्णय गरेको छैन, वनसंगै बुझ्नु ।
स्रोतका अनुसार गत साउनमा उद्यानका कर्मचारी समेत रहेका भुवन प्रधानले ‘दाउराका लागि रुख मागेका थिए । तर रुख काट्ने स्वीकृत नलिई काटिएको बताइएको छ । भुवन सांसद प्रधानका छोरा हुन् ।
डिभिजन वन कार्यालय झापाका डिभिजन प्रमुख विष्णुप्रसाद घिमिरेले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो । अनुमति बिना रुख काट्न नपाइने बताउँदै घिमिरेले वन कार्यालयको टोलीले रुखका टुना नापजाँच गरेर थन्क्याएको जानकारी दिनुभयो। काटिएका तीनवटा रुख मध्ये दुईवटा रुख पार्क क्षेत्रभित्र र एउटा रुख पार्किङ एरियाको रहेको बताइएको छ ।


रूख काटिएको विषयमा आफ्नो नाम जोडेर प्रतिशोध साँधिएको सांसद प्रधानले आरोप लगाए। रुख काटिएको ठाउँ र आफ्नो घर नजिकै रहेका कारण आफू रुख काटेको देखेर मात्र गएको बताउँदै उनले भने –‘रुख काटिएको ठाउँ नजिकै मेरो घर छ, यो विषयमा जवाफ दिँदादिँदा थाकी सकेँ, रुख काटेको देखेर मात्रै गएको हुँ।’
सो क्षेत्रमा रहेको साविक नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रकाश नेपालले पनि रूख काटिएको विषयमा आपत्ति जनाए। उक्त वन अहिले सुखानी पार्कको स्वामित्वमा आएको छ।
नेपाललाई अढाई वर्ष अघि १ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो। सोही विषयमा कारबाही गर्न र अख्तियारमा जान सरोकारवालालाई भनेकाले आफूलाई दोषी देखाउने षड्यन्त्र भएको सांसद प्रधानको दाबी छ।
सांसद प्रधानका छोरा भुवनले दाउराका लागि रुख मागेको स्वीकार गर्दै पार्कले स्टाफलाई दाउरा दिने नियम रहेको बताए पनि रूख काटिएको विषयमा भने अनविज्ञता प्रकट गरे।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसुखानी पार्कभित्र अवैध रुपमा रुख कटान,जोडिए सांसद प्रधान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img