झापा । मंगलबारदेखि निरन्तर भएको वर्षातका कराण झापाको बाह्रदशी र हल्दिवारीमा गरी ७ घर विस्थापित भएका छन् भने अर्जुनधारा नगरपालिका वडा नं.–२ मा रुखले घर किच्द पुरै क्षति भएको छ ।
अर्जुनधारा–२ गाजाबारी बस्तीमा हावाहुरीका कारण सिमलको रुख ढल्दा रुखले किचेर जितबहादुर विसंखेको घर पुरै क्षति हुनुका साथै एउटा बाछी समेत मरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।
विरिङ खोलामा आएको बाढीबाट बाह्रदशी गाउँपालिका वडा नं.–७ तुलसीबारीका ६ घर विस्थापित भएका छन् । विस्थातिहरु छिमेकीको घरमा शरण लिएर बसेको रेडक्रसले जनाएको छ । त्यस्तै हल्दिवारी गाउँपालिका वडा नं.–३ मा देवनिया खोलामा आएको बाढीबाट १ घर पूर्णरुपमा विस्थापित भएका छन् । हल्दिवारीका विस्थापित परिवारलाई रेडक्रसले सहयोग स्वरुप त्रिपाल उपलब्ध गराएको छ । गौरीगंज गाउँपालिका वडा नं.–२ स्थित भाकुरमारीमा समुदाय नजिकैको कटान हुँद एकसय परिवार जोखिममा रहेका छन् भने कनकाई नगरपालिका वडा नं.–८ मा विरिङ खोलाको पुल उत्तरमा बाँध कटान हुँदा सुकुम्बासी टोलका २० परिवार उच्च जोखिममा रहेको छ ।
बाढीले भद्रपुर नगरपालिकाको पाठामारीस्थित ११२ नं. सिमा स्तम्भ नजिक कटान भइरहेको रेडक्रस जिल्ला शाखाले जनाएको छ ।
सात विस्थापित १२० परिवार जोखिममा

































































































