Homeसमाचारचिया क्षेत्रको समस्या समाधान, ४ बुँदे सहमति

चिया क्षेत्रको समस्या समाधान, ४ बुँदे सहमति

झापा । मुलुकको चिया क्षेत्रमा लामो समयदेखिको समस्या समाधान भएको छ । चिया क्षेत्र सम्बद्ध तीनवटा ट्रेड युनियन संघ तथा नेपाल चिया उत्पादक संघ बीच चारबुँदे सहमति भएसंगै समस्या समाधान भएको हो ।
संवाद समूहको संयोजनमा उत्पादक संघ र तीन वटै ट्रेड युनियन बीच भएको सहमति शुक्रबार संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।


चिया बगानमा काम गर्ने कामदार तथा कर्मचारीहरुको दैनिक आधारभुत पारिश्रमिक दुईसय ३१ रुपैयाँमा दैनिक ५० रुपैयाँ वृद्धि गर्ने, वृद्धि गरिएको रकम २०७७ साउन १ गते देखी लागु हुनेगरी दैनिक ३० रुपैयाँ र २०७८ साउन १ गतेदेखी दैनिक २० रुपैयाँ लागु हुनेगरी नेपाल सरकारलाई सिफारिस गर्ने, चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा कामगर्ने नाईके, वहिदार र चौकीदारको ज्यालाका अतिरिक्त दैनिक भत्ता ४२ मा १३ रुपैयाँले वृद्धि गरी दैनिक ५५ रुपैयाँ कायम गर्ने सहमति भएको जनाइएको छ ।
२०७५ साउन १ गते देखी लागू हुनेगरी वृद्धि भएको दैनिक रु. १०७/२०७५ साउन १ गते देखी २०७५ चैत १५ गतेसम्मको फरक रकम सो समयमा कार्यरत रहेका श्रमिकहरुलाई भुक्तानी गर्दै गरेका बिषयलाई निरन्तरता दिई भुक्तानी दिइ÷लिइ सक्ने, श्रमऐन २०७४ र श्रम नियमावली २०७५ मा भएको व्यवस्थाहरु सवै चिया बगानमा कार्यान्वयन गर्दै जाने, कोरोना भाईरसबाट बच्न बचाउन आवश्यक नेपाल सरकारले तोकेको मापदण्ड पुरागरी सुरक्षाको व्यवस्था प्रतिष्ठानको तर्फबाट गर्ने, श्रमिकहरुले पनि आफ्नो सजगता अपनाउने जस्ता सहमति भएको बताइएको छ ।
पटक–पटकको वार्ता र छलफलपछि दुवै पक्षबीच सहमति भएको हो । यो सहमति अनुसारको ज्याला राजपत्रमा प्रकाशित हुनेछ । कानुनको रुपमा उक्त विषय समेटिएपछि देशभरका चिया क्षेत्रमा लागू हुनेछ । सहमति सार्वजनिक समारोहमा उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेशकुमार अग्रवाल र चण्डी पराजुलीले धारणा राखेका थिए ।
ट्रेड युनियनको तर्फबाट भूपाल सापकोटा, दीपक तामाङले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए । सहमतिमा उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेस कुमार अग्रवाल, जे.पि. शर्मा, चण्डी पराजुली, विनय गोयल, रमेश पराजुलीले हस्ताक्षर गरेका छन् । ट्रेड युनियनको तर्फबाट सहीकुमार राई – (फापुन), सन्तकुमार राई, नेत्रप्रसाद दाहाल, दिपक तामाङ्ग (ने.चि.ब श्र.संघ),मिलन राई, जीवन खड्का, सीता सापकोटा (अ.ने.चि.म.संघ), भूपाल सापकोटा, तिलक दर्जी, देविप्रसाद खनालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेसका यज्ञप्रताप अधिकारी, जिफन्ट प्रदेश समितिका अम्बिरकुमार लिङदेन तथा चिया उत्पादक संघका राजेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचिया क्षेत्रको समस्या समाधान, ४ बुँदे सहमति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img