Homeसाहित्य‘कोरोनासँग आमने सामने’

‘कोरोनासँग आमने सामने’

लिलाबल्लभ नेपाल

विराटनगरमा एकजना नामुक बैद्य रहेछन्।उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन्।धेरै टाढा–टाढाबाट उनलाई खोज्दै मान्छे उपचार गर्न आउने भएकाले उनको घरमा सँधै धेरै भीड हुने भएर बैंकमा जस्तो टोकनको व्यवस्था गरिएको रहेछ।धेरै नामुक तान्त्रिक बैद्य रहेछन् उनी। धेरै दीर्घ रोगिहरु पनि त्यहाँ उनको झारफुक र तान्त्रिक औषधी खाएपछि ठिक भएको कुरा त्यही आउने विरामीहरुले पनि बताए । विराटनगरमै बस्दै आएका रवि दाईले पनि त्यो कुरा सुने र ती तान्त्रिक बैद्यकोमा औषधी खान जान थाले । रवि पनि पेटका दीर्घ विरामी रहेछन् । धेरै डाक्टरकोमा गएर लाखौं खर्च गरेछन् तर उनको त्यो विराम निको भएको रहेनछ । जब रविले ति तान्त्रिक बैद्यको बारेमा सुने त्यो बेलासम्म कोरोना महामारी विराटनगरमा छ्याप्छ्याप्ति भईसकेको थियो । एक दिन रवि विहानै तान्त्रिक बैद्यको औषधी खान भनेर गए । उती त्यहाँ पुग्दा कोहि पनि आएका थिएनन् । तान्त्रिक बैद्यले भन्दै थिए आजकाल कोरोना महामारीका कारण मान्छेहरु आउन छोडे । रबिले बैद्यसँग गफ गर्दै गर्दा एकजना विधवा जस्तो देखिने महिला त्यहाँ आई पुगिन् । बैद्यलाई आफ्नो बारेमा हेर्न लगाईन् । बैद्यले जोखाना हेरेर भने तपाईंको श्रीमानको मृत्य भएको रहेछ । ती महिला भक्कानो छोडेर रुन लागिन् । ती महिलासहित पुरै परिवार अमेरिकामा बस्दा रहेछन् । उनी चाँही काम विशेषले नेपाल आएकी रहिछन् । जब उनी नेपाल आइन, अमेरिकामा कोरोना महामारी चर्किएछ र उनको श्रीमानको अमेरिकामै त्यही कोरोना संक्रमणकै कारण मृत्य भएछ । उनको त्यो मार्मिक कहानी सुनेर रबि भाव विव्ह्रल भए र औषधी बोकेर घर तिर लागे । एक महिना पछि उसको औषधी सिद्धियो र रबि फेरी तान्त्रिक बैद्यकोमा विहानै गयो । ऊ विहानै बैद्यकोमा पुग्दा घरको गेट पुरै लागेको थियो । रबिले गेट खोल्यो, भित्रबाट चुकुल लगाएको रहेनछ, ऊ गेट खोलेर के भित्र मात्र छिरेको थियो, तीन÷चार जना मान्छे कराउँदै आए, ए हुँदैन हुँदैन, भित्र आउँनु हुँदैन, बाहिर गईहाल्नुस् । रबि झसंग झस्कियो र हतार–हतार गेटबाट बाहिर निस्कियो । त्यो घरका बैद्य सहित त्यहाँ कराउँदै आउने मान्छेहरु सबै कोरोना संक्रमित भईसकेका रहेछन् । त्यो घर सिल गरेको रहेछ । जीवनमा पहिलो पल्ट रबि कोरोना संक्रमित सँग आमने–सामने भएको थियो, उसको होसले ठाउँ छोडि सकेको थियो । उसलाई लाग्यो उ कोरोना संक्रमित भईसकेको छ, रबिले चारैतिर अँध्यारो देख्यो, रबिलाई लाग्यो उ नरकको खाडीमा हाम फालिसकेको छ । रबि हतार–हतार दौडेर घर पुग्यो, पुरै नुवाई–धुवाइ गर्यो । हात जीउभरी सेनिटाइजर दल्यो र आफुलाई सम्हाल्दै आफ्नो नियमित काममा ब्यस्त हुने प्रयास गर्न थाल्यो । रबि बिरामी नै भए पनि आत्मबल दरो भएको कारण उसलाई कोरोनाले छुन सकेन । त्यसैले आत्मबल दरो बनाउँ, सुरक्षित बसौ, सामाजिक दुरी कायम गरौं, आफुलाई कमजोर नसोचौं । सबैको जय होस् ।
विराटनगर

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
साहित्य‘कोरोनासँग आमने सामने’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img