Homeसमाचारचुनावमा पराजितलाई रातो कार्पेट

चुनावमा पराजितलाई रातो कार्पेट

झापा । अन्तत : नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ । राष्ट्रपतिले राष्ट्रियसभामा तीनजना मनोनित गर्न पाउने प्रावधान अनुसार खाली रहेको १ सदस्यमा सोमबारको मन्त्रीपरिषद बैठकले राष्ट्रियसभा सदस्यका लागि बामदेवलाई सिफारिस गर्ने निर्णय गरेसंगै अब राष्ट्रियसभामा बामदेवको उपस्थिति निश्चित भएको हो ।
बर्दिया–१ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव हारेका बामदेवलाई राष्ट्रियसभामा मनोनितका लागि कुरा उठेकै दिनदेखि तीब्र आलोचना भएपनि सत्तामा रहेकाहरुले भुँईमान्छेको आलोचनालाई बेवास्ता गर्दै मन्त्री परिषदले पनि सिफारिस गरिसकेको अवस्था छ ।
त्यसो त राष्ट्रियसभामा चुनाव हारेका मनोनितमा परेका बामदेव एक्ला होइनन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि प्रतिनिधिसभा सदस्यमा बाबुराम भट्टराईसंग पराजित व्यक्ति हुन् । उनी यसअघि नै राष्ट्रियसभा सदस्य मनोनित भइसकेका छन् । निर्वाचनमा पराजित भएका र राष्ट्रियसभामा रातो कार्पेटको स्वागत पाउनेहरु अरु पनि छन् । त्यतिमात्र होइन् वडा सदस्य, स्थानीय तहको प्रमुख/उपप्रमुखको चुनाव हारेका व्यक्तिहरुलाई विभिन्न ठाउँमा नेकपाले रातो कार्पेट ओछ्याएर नीति नियम, कानूनको मन्थन गर्ने र निर्णायक रुपमा पास गर्ने थलोमा जनताको मन जित्न नसकेकाहरुलाई सिंढी चढाउने क्रमले राष्ट्रियसभाको शाख रहला कि नरहला ? चिन्ताको विषय बनेको छ ।
२०७४ साल असार १४ गते सम्पन्न झापाको मेचीनगर नगरपालिकाको निर्वाचनमा मेयर विमल आचार्यसंग प्रतिष्पर्धामा रहेका विष्णुप्रसाद प्रसाई अहिले बाग्मती प्रदेशको प्रदेश प्रमुख छन् । उनी आचार्यसँग एकहजार पाँचसय ८६ मतान्तरले पराजित भएका थिए । यद्यपि प्रदेश प्रमुखको पद कार्यकारी भूमिकामा नभएकाले प्रसाईले त्यतिधेरै आलोचना खेप्नु परेन ।
तनहुँको भानु नगरपालिकामा मेयरको उम्मेद्वार बनेकी भगवति न्यौपाने पराजित उम्मेद्वार हुन् । स्थानीय तहमा जनताबाट अनुमोदित हुन नसकेकी न्यौपाने अहिले राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । उनीमात्र होइन विमला घिमिरे पनि कपिलवस्तुको वाणगंगाको मेयरमा पराजित हुन् । उनी अहिले राष्ट्रियसभा सदस्य छन् । सिन्धुपाल्चोकको लिसंखु–पाखर गाउँपालिकामा वडा सदस्य पराजित सिंहबहादुर विकले पनि राष्ट्रियसभामा प्रवेश पाए । उनीजस्तै हेमकुमारी साँवा पनि वडा सदस्यमै पराजित उम्मेद्वार हुन् । चुनावी हारपछि प्रदेश नं.–१ सदस्य रहेकी साँवा ताप्लेजुङको मेरिङ्गदेन पाउँपालिकामा वडा सदस्यमा पराजित भएकी थिइन् ।
नेकपाबाट चुनावी हार ब्यहोरेर राष्ट्रियसभा प्रवेश गर्ने उनीहरु मात्र होइनन् प्रदेश सांसद र संघीय सांसदमा उम्मेद्वार बनेर जनअनुमोदित हुन नसकेका अरु पनि मनोनित छन् ।
त्यस्तै दाङ क्षेत्र नं.–२ (क) बाट प्रदेशसभा सदस्यमा पराजित जगप्रसाद शर्माले पनि राष्ट्रियसभा सदस्यमा मनोनित हुने मौका पाए ।
बहुमत प्राप्त सरकारले गरेका उक्त कार्यले लोकतन्त्रको धज्जी उठाएको छ । त्यसो त असफलहरुलाई बुई चढाएर सफल बनाउने नेकपाको अहिलेको क्रियाकलाप लोकतन्त्रका लागि कति फलदायी छ त्यो भविष्यले देखाउने नै छ ।
लोकतान्त्रिक पक्रिया र पद्धतिको संरक्षण गर्दै जनताको सेवामा समर्पित हुनेभन्दा पनि राजनीति वा कर्मचारी जता भएपनि कार्यकर्ता भर्ती गरेर राज्यको स्रोत साधनको दुरुपयोग गर्दै कार्यकर्ता व्यवस्थापन गर्ने कार्यमा नेकपाको पुरै ध्यान केन्द्रित भएको देखिन्छ । यसले तत्कालको नेकपाभित्रको संकट टरेपनि दीर्घकालीन रुपमा पार्ने राजनीतिक असर निश्चय नै सुखदायी देखिदैन । संविधानसभाबाट जारी संविधानमा टेकेर बनेको पहिलो सरकारले पार्टी कार्यकर्ता व्यवस्थापनका लागि गरेको उक्त कार्य नजिरका रुपमा स्थापित हुँदै जाने हो भने लोकतन्त्रको भविष्य के होला ?

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचुनावमा पराजितलाई रातो कार्पेट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img