HomeFeatured 2प्याब्सन, एन प्याब्सन विरुद्ध श्रम अदालत जाने इष्टु भद्रपुरको निर्णय

प्याब्सन, एन प्याब्सन विरुद्ध श्रम अदालत जाने इष्टु भद्रपुरको निर्णय

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको बैठकले शिक्षक कर्मचारीको माग सम्बोधन नभएसम्म नगर क्षेत्रमा विद्यालय सञ्चालन हुन नदिने निर्णय गरेको छ ।
नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले पटक पटक दिएको ध्यानाकर्ष पत्र, ज्ञापन पत्र, माग पत्र र अल्टिमेटम वारेमा विद्यालय सञ्चालकहरूले बेवास्ता गरेको ठहर गर्दै माग सम्बोधन नभएसम्म विद्यालय सञ्चालनको वातावरण तयार हुन नदिने निर्णय गरेको हो ।
बैठकले विद्यालय सञ्चालकहरूले प्याब्सन, एन प्याब्सनको नाममा राज्यको प्रचलित नीति नियम विपरित चलेको ठहर गर्दै कानुनी उपचारका लागि श्रम अदालत जाने निर्णय गरेको छ । सो निर्णय अनुसार शिक्षक कर्मचारीका प्रचलित कानुन अनुसारका मागको बेवास्ता गरेर जवरजस्ती विद्यालय सञ्चालन गर्ने प्रयास गरे प्रतिकारमा उत्रने, असोज ४ गते शिक्षक कर्मचारीको नगर भेला आयोजना गरी नगर शिक्षा घेराउ गर्ने, गएको शैक्षिक वर्षकै तलव नदिने विद्यालय तथा सञ्चालकको भण्डाफोर गर्ने, सञ्चालनमा आएका विद्यालयमा तालाबन्दी गर्ने लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
बैशाख तेस्रो साताबाट आन्दोलित भएको इस्टुका माग सम्बोधन गर्न विद्यालय सञ्चालक अनिच्छुक देखिएपछि पटक पटक नगर शिक्षा समितिसित माग पूरा गराउन शिक्षक युनियनले माग पत्र र ध्यानाकर्ष गराउँदै आएको भए पनि अभिभावकत्व ग्रहण गर्न नगर सरकार असफल भएपछि संस्थागत विद्यालयका शिक्षक कर्मचारी नगर सरकारसित समेत असन्तुष्ट भएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्याब्सन, एन प्याब्सन विरुद्ध श्रम अदालत जाने इष्टु भद्रपुरको निर्णय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img