Homeसमाचारहुण्डाईको नयाँ उत्पादन औरा नेपाली बजारमा

हुण्डाईको नयाँ उत्पादन औरा नेपाली बजारमा

झापा । नेपालको लागि कोरियाली मोटर्स कम्पनी हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको नयाँ उत्पादन औरा बजारमा ल्याएको छ ।
नयाँ हुण्डाई औराबारे लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको जीएम रूपेश शर्मा भट्टले सेडान गाडीहरु नेपालको बाटो सुहाउँदो भएको बताउँदै नेपाली बजारमा लोकप्रिय विश्वास व्यक्त गर्दै भन्नुभयोे–‘यहि समयमा बजारलाई एक स्टाइलिस, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुनेछ ।’
युवालाई लक्षित गर्दै ल्याइएको औरा उत्कृष्ट डिजाइन, भाषा, सेन्सियस स्पोर्टनेससहित तयार गरिएको बताइएको छ । आधुनिक र प्रभावशाली डिजाइनबाट भएको औराको अग्रभागमा यूनिक ट्वीन ब्रुमिङ डे टाइम रनिङ लाइट, प्रिमियम स्टेन फ्रन्ट ग्रिल, प्रोजेक्टर फगल्याम्प डिस्प्ले छ । साइड प्रोफाइलले यसको कुपे स्टाइल दर्शाएको छ । भने पछाडि भागमा रोबष्ट स्पोर्टी बम्पर, स्टाइलिस जेड सेप्ड टेलल्याम्प, विभिन्न स्थानमा दिइएको क्रोम फिनिसले यसलाई सेग्मेन्टमा नै उत्कृष्ट सेडान बनाएको छ ।
रियर डिजाइनमा चौडा स्ट्यान्स, मजबुत स्पोर्टी बम्पर डिजाइन र स्टाइलिस जेड आकारको एलईडी टेल ल्याम्प रहेको छ । यसको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो ¥यापले यसलाई आफ्नो सेग्मेन्टको सबैभन्दा स्टाइलिस सेडान बनाएको कम्पनीले जनाएको छ ।
औराको उत्कृष्ट ड्राइभिङ परफरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा आधुनिक प्रविधियुक्त इन्जिनहरुको जडान गरिएको छ । हुण्डाईले आजको बजारको आवश्यकतालाई अनुकूल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आएको छ, जुन हुण्डाई औराको आराम्दायी सुविधामा देख्न सकिन्छ । यो वास्तवमै स्टाइल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रण बनेको कम्पनीको भनाइ छ ।
उच्च शक्तिसंग हल्का शरीरको वजन सुनिश्चित गर्दछ । यसको संरचना उन्नत रिंग स्ट्रक्चर एपलीकेसनका साथ सुसज्जित छ जसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ । तनावमुक्त ड्राइभिङ र उत्तम क्र्यास ऊर्जा शोषणको लागि उत्तम सक्रिय र निष्क्रिय सुरक्षा प्रदान गर्न उन्नत सुरक्षा प्रणालीको साथ लो एनभीएच र सुपेरियर ह्याण्डलिङ प्रदान गर्दछ ।
कम्पनीका अनुसार हुण्डाई औरा ‘एस’ भेरियन्टको १.२ कप्पा डुअल भिटिभिटी पेट्रोल इन्जिनको एक हजार एक सय ९७ सीसीमा मात्र उपलब्ध हुनेछ । नेपाली ग्राहकका लागि हुण्डाइ सबैभनदा रुचाइएको गाडी औराको ३३ लाख ९६ हजार मूल्य रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहुण्डाईको नयाँ उत्पादन औरा नेपाली बजारमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img