विर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड सेवा केन्द्रले आफ्ना ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग रकम हस्तान्तरण गरेको छ ।
संस्थाका विभागीय प्रमुख विजय बस्नेत र विर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालको नेतृत्वमा अन्य कर्मचारी र बजार प्रतिनिधिहरु सम्मिलित टोलीले २६ सयदेखि १५ हजार रुपैयाँसम्म उपचार सहयोग हस्तान्तरण गरेको हो ।
सदस्य स्वयमको उसका श्रीमान् वा श्रीमतीको, बुवा वा आमाको, छोरा छोरीको उपचार गर्दा लागेको खर्च राहतस्वरुप प्रदान गर्ने संस्थाको सदस्य राहत नीति अनुसार सहयोग रकम प्रदान गरिएको बताइएको छ । शेयर सदस्यले गर्ने नियमित कारोबार, शेयर लगानी, आवधिक बचत आदिका आधारमा सदस्य राहत प्रदान गर्ने नीति रहेको तालिम विभाग प्रमुख विजय बस्नेतले बताउनु भयो ।
शुक्रबार विर्तामोड क्षेत्रका सदस्यहरुलाई एक लाख चार हजार नौसय ४८ रुपैयाँ उपचार राहत हस्तान्तरण गरेको विर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालले जानकारी दिनुभयो । सदस्यहरुको घर, पसल आदि स्थानमा नै पुगेर उपचार राहत प्रदान गरिएको सेवा केन्द्र प्रमुख खनालले बताउनु भयो।
योसँगै संस्थाले यतआइतबारदेखि शुक्रबारसम्म दुईलाख २२ हजार तीनसय ३९ रुपैयाँ राहत तथा सुविधा प्रदान गरेको छ । सिम्रिकले यसैसाता मेचीनगरको जोरसिमलका दिपक क्षेत्रीको निधनमा संस्थाले राहत सुविधावापत दुई लाख २८ हजार ७०० रुपैयाँ पनि प्रदान गरेको थियो ।
सिम्रिकद्वारा सदस्यलाई उपचार राहत रकम हस्तान्तरण

































































































