Homeसमाचारभारतीय गोर्खा सैनिकले भने–’सोचे भन्दा राम्रो क्वारेन्टिन'(भिडियोसहित)

भारतीय गोर्खा सैनिकले भने–’सोचे भन्दा राम्रो क्वारेन्टिन'(भिडियोसहित)

शनिश्चरे । राम्रो खानेकुरा टन्न खान दिएको छ, विहान खाजा, अनि भात दिउँसो फेरि खाजा अनि बेलुका खाना । खानेकुरा पनि राम्रो छ, खान सकेजति दिएको छ, सुत्ने ठाउँ पनि राम्रो, वाइफाइको सुविधा छ, अनि के खोज्नु ?–अर्जुनधाराको क्वारेन्टिन त–यो गोर्खा रेजिमेन्टका एक नेपाली भारतीय सुरक्षाकर्मीको हो ।
उनले भारतीय गोर्खा सैनिकमा भर्ना भएर भारतको सुरक्षा गरेको दुईदशक भन्दा बढी भयो । भारतीय नेपाली सुरक्षाकर्मीका रुपमा राजस्थानमा कार्यरत उनी १३ दिन अघि नेपाल आइपुगेका हुन् । क्वारेन्टिनमा खान र बस्न राम्रो छैन भन्ने सुनेका उनले होम क्वारेन्टिनमा बस्न निकै जिद्दी गरे । त्यसका लागि उनका परिवारले पनि वडाध्यक्षदेखि नगरपालिकाका इन्चार्जसम्म सोर्स लगाउन खोज्यो । तर, कतैबाट पनि सुनुवाई नभएपछि बाध्य भएर अर्जुनधारा नगरपालिकाले शनिश्चरे मा.वि.मा स्थापना गरेको क्वारेन्टिनमा बस्न पुगेका उनीले निस्कँदा भने आफूले सोचे भन्दा फरक पाएको बताए ।

नेपाल–भारत सिमानाका विषयमा देखिएको समस्याका कारण भारतीय गोर्खा सैनिकहरुलाई कडाई भएका बेला आफूलाई पछि केही समस्या हुने हो कि भन्ने आशंकामा नाम उल्लेख नगर्न भन्दै उनले भने–‘हामी एउटामात्र ड्युटी गरेकालाई त राम्रो लाग्यो, जे काम पायो त्यही गर्नेलाई त झन मज्जा छ नी ।’
क्वारेन्टिन राम्रो छैन भन्ने हल्ला पल्टनमै सुनेका उनले होम क्वारेन्टिनमा बस्न आग्रह गर्दा नपाएका बताउँदै भने–‘केही गर्दा छोड्दो रै’नछ त, पिसिआर रिपोर्ट नआउञ्जेल कसरी काट्नु जस्तो लागेको थियो’ उनले थपे– ‘तर भित्र पसेपछि त्यस्तो रहेनछ । क्वारेन्टिनमा बस्नेलाई सुत्नका लागि खाटको व्यवस्था छ ।’ क्वारेन्टिन ब्यवस्थापन गर्दा पहिले बसिरहेका ठाउँमा नयाँ आएकालाई थप्न नहुने उनले बताए । दशजना अटाउने ठाउँमा आफूहरु दुईजना मात्र बसेको बताउँदै उनले भने–‘थप्न खोज्दै थियो, मैले दिइन,थप्ने भए मलाई होम क्वारेन्टिनमा बस्न देऊ, नत्र होटेल क्वारेन्टिन देऊ त्यो पनि हुँदैन भने थप्न हुँदैन भनेपछि हामी बसेको ठाउँमा चाहिं थपेन ।’ बीचमा अर्को मान्छे थप्दा उसमा पोजेटिभ आयो भने आफ्नो पनि बसाई लम्बिने भएका कारण मान्छे थप्दै नथप्न अड्डी कसेको उनको भनाई छ ।
एकमहिनाको छुट्टी लिएर परिवार भेट्न आएका उनले भने–‘१५ दिन बाटैमा बित्यो, २७ जना आएकामा २४ जनाको दार्जिलिङ घर हो उसैदिन पुगे, हामी तीनजना मध्ये इटहरी घर हुनेले होम आइसोलेसन पायो, हामीले क्वारेन्टिनमा बस्नु प¥यो ।’
शुक्रबार क्वारेन्टिन अवधी पार गरेर घर आएका उनीसहित ओमानबाट आएका अर्का एकले क्वारेन्टिनस्थलको सरसफाई पनि गरेका थिए । क्वारेन्टिनको कम्पाउण्ड वरीपरी मधु, गुट्खा लगायत कागज र फोहोर थुप्रिएको देखेपछि हिड्ने दिन सफा पनि गर्यौं ।

तस्विर : कमल पोख्रेल

ओमानबाट आएर क्वारेन्टिनमा बसेका अर्का एकजनाले सोही दिन छुट्टिपनि हुन सक्ने संकेत गर्दै सफा गरौं भनेपनि आफूहरुले कम्पाउण्ड सबै सफा गरेको उनले बताए । कोही निहुरिएको थिएन–हामी दुई भाईले कागज टिप्न थालेपछि सबै हुरुरु गए । एकैछिनमा कति सफा भयो । रिपोर्ट नेगेटिभ आएपछि छुट्टिपनि पाइयो । ’
कोरोना संक्रमण जोखिम बढ्न नदिन विदेशबाट आएका नेपालीहरुलाई सकभर क्वारेन्टिनमा राखेर मात्र घर पठाउने सरकारी नीति अनुसार झापासहित देशभरका स्थानीय तहले गत चैतदेखि त्यसैमा ध्यान दिएका छन्  ।
भारतसंग सिमाना जोडिएका जिल्ला तथा स्थानीय तहले त त्यसमा झन चनाखो हुनुपरेको छ । किनकी कामको शिलशिलामा ठूलो संख्यामा भारत गएका नेपालीहरु भारतमा पनि कोरोना संक्रमण बढेसंगै काम विहिन हुन थालेका छन् ।
यसले स्वदेश फर्कनेहरुको लर्को एकातिर छ भने अर्कोतिर भारतमा विभिन्न सरकारी सेवामा रहेका नेपालीहरु पनि छुट्टी लिएर घर आउने क्रम जारी छ ।
गत चैत्र ११ गतेदेखि कोरोना संत्रमण जोखिम न्यूनिकरणका लागि देशरभर लकडाउन शुरु भएसगै स्थानीय तहले कोरोनाको लक्षण देखिएका तथा बाहिर (अन्यमुलुक) बाट आएका नेपालीहरुलाई राख्नका लागि छुट्टै क्वारेन्टिन भएका हुन् । सोही अन्तरगत अर्जुनधारा नगरपालिकाले शनिश्चरे माविमा १०० वेडको क्वारेन्टिन बनाएको नगरपालिकाका स्वास्थ्य इन्चार्ज मुकुन्द बस्नेतले जानकारी दिए ।


उहाँका अनुसार अहिलेसम्ममा ७०० जना क्वारेन्टिन अवधी पार गरेर गइसकेका छन् भने ३५ जना क्वारेन्टिनमै रहेको छन् । ती मध्ये नगरभित्रका २२ र अर्जुनधारामा स्वाब संकलन गरिएका तर अन्य स्थानीय तहका तीनसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बस्नेतले बताए । क्वारेन्टिनमा बस्नेलाई खाजा र खाना गरी चारपटक दिने व्यवस्था गरिएको बताउँदै भने–‘अहिलेसम्म मिनिरल वाटर नै खुवाएका छौं, कसैको बर्थडे परेको भए जन्मदिन त्यहँी मनाउँछन्, साबुन, टुथपेष्टदेखि ओड्ने–ओछ्याउने एकसेट कपडा दिन्छौं ।’
क्वारेन्टिनमा बस्नेलाई घरैमा बसकेको जस्तो अनुभव गराउन नगरपालिकाले विभिन्न प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताए । नगरमा साहित्य, कला, तथा योगाभ्यास र मेडिटेसन सम्बन्धी नगरमै भएका विज्ञले भोलेन्टियर्स सर्भिस रहेको भुर्तेलले जानकारी दिए । नगरपालिकाले स्थापना गरेको क्वारेन्टिन संभवतः झापाको सबै भन्दा राम्रो हुनसक्ने उनको भनाई छ । चैतयता क्वारेन्टिनमा मात्र लगभग १ करोड खर्च भएको उनको भनाई छ । नगरपालिकाले क्वारेन्टिन ब्यवस्थानका लागि भएको खर्च प्रत्येक १५/१५ दिनमा सार्वजनिक गर्ने गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभारतीय गोर्खा सैनिकले भने–’सोचे भन्दा राम्रो क्वारेन्टिन'(भिडियोसहित)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img