Homeसमाचारविर्तामोडका १५ जनामा कोरोना, सैलुन, ब्युटिसियन र टेलर्स मास्टर्सको पनि पिसिआर गरिने

विर्तामोडका १५ जनामा कोरोना, सैलुन, ब्युटिसियन र टेलर्स मास्टर्सको पनि पिसिआर गरिने

विर्तामोड । पछिल्लो २४ घण्टामा विर्तामोड नगरपालिकाभित्रका १५ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमण देखिएका स्थान शिल गरिने भएको छ ।
पछिल्लो २४ घण्टामा विर्तामोडस्थित विएण्डसी टिचिङ अस्पतालका स्वास्थ्यकर्मीसहित १२ जना र ३ जना स्थानीय गरी १५ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमण देखिएका स्थानलाई सिल गरी कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी गरिएको विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।
नगरपालिकाका वडा नं.–३, ५ र ६ ठेगाना भएका १५ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाँईले जनाउनु भएको छ ।
नगर प्रमुख शिवाकोटीको अध्यक्षतामा आज नगरपालिकामा बसेको कोरोना संक्रमण जोखिम न्यूनिकरण समितिको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।
बैठकले सैलुनमा काम गर्ने, टेलर्स मास्टर्स, ब्युटिसियन सञ्चालन गर्नेहरुलाई पनि होम आइसोलेसनमा राखेर पिसिआर परीक्षण गर्ने निर्णय गरेको मेयर शिवाकोटीले बताउनु भयो ।
साथै केही दिन अघि पिसिआर परीक्षणका लागि स्वाब लिइएका टेम्पो चालकहरुको रिपोर्ट आएपछि रिपोर्टको प्रमाण पत्र राखेरमात्र टेम्पो सञ्चालन गर्नुपर्ने निर्णय गर्दै टेम्पोमा चढ्ने यात्रुमा पनि पिसिआर रिपोर्ट भएकामा मात्र चढ्न अनुरोध गर्ने भएको छ ।
विर्तामोडका १५ सहित झापामा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन चौंलागाँईले जनाउनु भएको छ ।
आइतबार कमल गाउँपालिका वडा–३ का ११ जना, कनकाई नगरपालिकाका–१ र मेचीनगर नगरपालिकाका–५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोडका १५ जनामा कोरोना, सैलुन, ब्युटिसियन र टेलर्स मास्टर्सको पनि पिसिआर गरिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img