लिलावल्लभ नेपाल
गजल
तिम्रो तस्विर यो दिलमा सजाएर गयौ तिमी
हरेक पल मुस्कान छर्दै रमाएर गयौ तिमी ।
अटुट बनोस् मित्रताको बन्धन हाम्रो सधै भरी
एउटै रगत दुई मुटुमा बगाएर गयौ तिमी ।
अचानक तिम्ले आज विदाई हात हल्लाउँदा
आँसु बनी यी आँखामा रसाएर गयौ तिमी ।
सधैं भरी ताजा बनुन् तिम्रा हाम्रा पलहरु
हेर्दा हेर्दै क्षितिज पारी हराएर गयौ तिमी ।
सधै भरी फुलिरहुन् सम्झनाका फुलहरु
आँशु बगाई जिउँछु भन्थें जलाएर गयौ तिमी ।
विराटनगर

































































































