Homeसमाचारफैसला कार्यान्वयनमा सक्रियता बढाउँदै झापा प्रहरी

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै झापा प्रहरी

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको भदौ १० गतेसम्ममा विभिन्न मुद्दामा फैसला पछि फरार रहेका १३ जना अभियुक्तलाई पक्राऊ गरी कानूनी दायरामा ल्याएको छ ।
अदालतका कर्मचारी र सुरक्षाकर्मीहरुको संयुक्त फैसला कार्यान्वयन इकाईको समन्वयमा अदालतबाट फैसला भइ कानूनी दायरामा नआएकाहरुलाई तोकिएको कैद र जरिवाना असुलका लागि प्रहरीले सक्रियता बढाएको झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण घरबाहिर रहेकाहरु पनि यो बेला थातथलो फर्कने हुँदा कानून कार्यान्वयनमा प्रहरीले सक्रियता बढाएसंगै फरार अभियुक्त पक्राऊ पर्ने क्रम पनि बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
अदालतले फैसला गरेपछि फरार रहेका उनीहरुलाई प्रहरीले पक्राऊ गरी कानून कार्यान्वयनका लागि अदालतमा हाजिर गराएर तोकिए बमोजिमको फैसला कार्यान्वयनमा लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।
कार्यालयले नागरिकता कीर्ते, लाइसेन्स कीर्ते, बहुविवाह, लागू औषध, ठगी, सवारी ज्यान, वनसंग सम्बन्धित, बैकिङ कसुर, अबैध हातहतियार लगायत ९ प्रकृतिका मुद्दामा १३ जनालाई पक्राऊ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ १५ गतेसम्ममा कीर्ते नागरिकता, कीर्ते लाइसेन्स, बहुविवाह, ठगि, बन, लागू औषध, सवारी ज्यान, बैकिङ कसुर, अवैध हातहतियार सम्बन्धी मुद्दामा अदालतले कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई कानून कार्यान्वयनका लागि नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाएको बताइएको छ ।
जिल्ला अदालत झापाको चालु आर्थिक वर्षको भदौ १५ गतेसम्मको तथ्याङ्क अनुसार एकहजार ५ सय ९० मुद्दाका २ हजार ५ सय ९ जना अभियुक्त अझै फरार छन् । उनीहरुबाट ४ हजार ८ सय ४३ वर्ष ९ महिला ६ दिन कैद भुक्तान र उनीहरुबाट ४० करोड, २९ लाख ५० हजार ५ सय २६ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत झापाका श्रेस्तेदार दुर्गा खनालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारफैसला कार्यान्वयनमा सक्रियता बढाउँदै झापा प्रहरी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img