मातृका पौडेल
दमक । स्थानीय युवालाई रोजगारी तथा स्थानीय उत्पादनलाई प्रोहत्सान गर्ने उद्देश्यले झापाको दमकमा साबुन तथा सर्फ उद्योगको स्थापना भएको छ ।
दमकका चारजना सक्रिय युवाहरुले सगरमाथा बहुउद्देश्यीय उद्योग सुरु गरेका हुन् । उक्त उद्योगमा नारायण मुर्मु ,दिपक नेपाल, लक्ष्मी अधिकारी र निरज नेपालीको लगानी रहेको छ । विभिन्न पेशामा आबद्व युवाहरुले लगभग एक करोडको लगानीमा उक्त उद्योग संचालनमा ल्याएको बताएका छन्।
दमकनगरपालिका वडा नं.–४ स्थित मालपोत कार्यालय नजिकै रहेको उक्त उद्योगले सर्फ, भाडा माझ्ने तरल साबुन, हरपिक, फिनायल, गाडी धुने लिक्विड सहित बिभिन्न कच्चा पदार्थ उत्पादन गर्ने सञ्चालक निरज नेपालीले बताउनु भयो ।
आगामी भदौ २५ गतेदेखि औपचारिक रुपमा उद्योगले उत्पादन शुरु गर्ने अर्का संचालक लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । स्थानीय ३० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी प्रदान गरिने पनि अधिकारीले बताउनु भयो ।

































































































