Homeसमाचारयुवा सजगता अभियान झापाको संयोजकमा पोषराज

युवा सजगता अभियान झापाको संयोजकमा पोषराज

झापा १६ भदौ । युवा जागरण ( सजगता ) अभियान झापाको संयोजकमा पोषराज कटुवाल चयन हुनुभएको छ ।
अभियानको संगठन विस्तार, नीति, योजना तथा कार्यक्रम सञ्चालनका लागि विभिन्न व्यक्तिलाई मनोनयन गर्ने क्रममा झापा जिल्ला संयोजकमा कटुवाल चयन भएको अध्यक्ष चिन्तन पौडेलले जनाउनु भएको छ ।
गैह्र नाफामुलक एउटा सामाजिक अभियानका रुपमा रहेको युवा जागरणमा अभियानमा हालसम्म कुनै सरकारी वा गैरसरकारी संस्थाको समेत लगानी नरहेको जनाइएको छ ।
स्वयमसेवी भूमिकामा रहेको अभियानमा संस्थागत कामका लागि आवद्धबाट नै गाउँ समाजमा पुग्ने गरिएको बताइएको छ ।
पछिल्लो समय युवा वर्गमा देखिएको राजनीतिप्रतिको बितृष्णालाई कम गराउने, देशमै रोजगारीको अवसर खोज्ने, शिपमुलक तालिम र व्यवसायिक दक्ष जनशक्ति निर्माण गरी उद्यमशील बनाउने हाम्रो लक्ष अभियानका लक्ष्य रहेको छ ।
बौद्धिक स्तरमा नीतिगत छलफल गरी नेपालमा उपयुक्त नीति र कानुन लागू गर्न प्रेरित गर्ने उद्देश्य राखेको संयोजक कटुवालले बताउनु भयो ।
अभियानको मोरङ्ग संयोजकमा विजय तोलाङ्गी, सुनसरी संयोजकमा सतेन्द्र न्यौपाने, सुभास घिमिरे (इलाम), टेकराज योङहाङ (पाँचथर) राजकुमार कार्की (ताप्लेजुङ), गिरिजाप्रसाद दाहाल (धनकुटा), कृष्ण बास्कोटा (तेह्रथुम), शशि लामा (उदयपुर) होम विश्वकर्मा (ओखलढुङ्गा), बाबुराम भट्टराई (सोलुखुम्बु), जीवन खत्री (खोटाङ) र भोजपुरमा विपिन निरौलालाई अभियानको जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारयुवा सजगता अभियान झापाको संयोजकमा पोषराज
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img